तार व्यवस्थापनमा साथ दिन नगरबासीलाई मेयर सिंहको आग्रह

वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले शहरका बिद्युतिय पोलहरूमा अव्यवस्थित रूपमा रहेका तारलाई व्यवस्थित गर्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गरेका छन् ।
महानगरका मेयर सिंहले अव्यवस्थित तारहरूको कारण ठाउँमा टाउंमा आगलागी भएको स्मरण गर्दै भने आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न महानगरको आफ्नो क्ष्ोत्र अधिकार भित्र रहेको कार्य गर्न तत्पर छौं¬ ।
आज माईस्थान, घन्टाघर एरियामा अव्यवस्थित तार हटाई सहर व्¬¬यवस्थित, हराभरा सफा, सुन्दर बनाउन अहो रात सम्म खटिएको तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ ।

यसमा कतिपय अवस्थामा तत्कालका लागि तारको व्यवस्थापन गर्दा इन्टरनेट लगायत अन्य सेवा अवरुद्ध हुन सक्ने बुझिएको । तारलाई व्यवस्थित बनाउन महानगरले पटक पटक बैठक सूचना पठाउदा पनि सडकको पोलमा रहेको तारको व्यवस्थापन हुन नसके पछि महानगरले आफै यसतो कदम चालेको हो । यसबाट कसैलाई असुविधा पुग्न सक्छ तर तपाईहरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा छ ।






