जन्म दिनको अवसरमा बृहत वृक्षारोपण कार्यक्रम

पर्साको पटेर्वा सुगौली गाउँपालिका पटेर्वामा बृक्षा रोपन गरि जन्म दिन कार्यक्रम मनाईएको छ ।

पटेर्वा सुगौली गाउँपालिका पटेर्वाबाट पहिलो महिला डा. प्रीती चौधरी भएकी छिन । प्राकृतिक श्रोतमाथि नै चरम दोहन भैईरहदा पृथ्वीको अस्तित्व नै संकटमा परिरहेको मध्यनजर गर्दै बिशुद्ध बृहत बृक्षा रोपन गरी आफनो जन्म दिन मनाउने पहिला महिला डा.चौधरी नै हुन ।

वहा हाल काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छिन । वहाका अनुसान केक काटेर हैन केही गरेर जनताको सेवा सुबिधा दिने जस्ता काम गरेर अगाडी बढी गाउ ंठाउं चिनाउन आशा ब्यक्त गरिन ।

अध्यक्षता गर्नु भएका तराई बिकास तथा संचार केन्द्र नेपालका सल्लाहकार, समाज सेवी चन्द्र किशोर चौधरीको छोरी डा.प्रिती चौधरीको जन्म दिनको अवसरमा प्रमुख अतिथि पूर्व मन्त्री सुरेन्द्र चौधरी बिशिष्ट अतिथि तराई बिकास तथा संचार केन्द्र नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघको सचिव गोबिन्द चौलागाई प्रदेश सभासद मा. श्याम पटेल, उपसभापति अशोक गुप्ता , सस्शत्र प्रहरी उपरिक्षक राधेश्याम धिताल संचारकर्मीहरु, नेतागण, अतिथि, महिला बालबालिकाको उपस्थिति रहेको थियो ।

देशमा आर्थिक बिकास हुन नसकी दिन प्रति दिन कलकारखानाहरु बन्द भै बेरोजगारीको समस्या भै यहाँको जेहेन्दार युवा बिदेश प्लायन हुदै जानु देशको लागी दुर्भाग्य भएको छ । भ्रष्टचारिलाई कार्वाही हुन नसक्नु आश्रय दिनु दुर्भाग्य रहेको छ ।

बृक्षा रोपन गरेर मानिसलाई चाहिने आक्सिजनले स्वस्थ्य बातावरणमा बिकास हुनेछ । आउने दिनमा जलासय समस्याबाट निराकरण हुने आशा गरिन्छ । अहिले देखि नै एक जनाले एउटा बृक्षा रोपन गरी बिरुवा उर्मान थालियो भने जिवनमा हुने वायु दुर्सनको न्यूनिकरण हुने छ ।

तराई बिकास तथा संचार केन्द्र नेपालका अध्यक्ष तथा नेपाल पत्रकार महासंघको सचिव गोबिन्द चौलागाईले शुरु गरेको जन्म दिनको अवसरमा बृक्षा रोपन गरी जन्म दिन मनाउन रौतहटको चन्द्रपुर–९ सिन्दुरेघारी बाट शुरु भएको अभियानर आज पर्साको पटेर्वा सुगौली गाउँपालिका पटेर्वामा मनाईयो । दिन प्रतिदिन बन कटानी गरी ट्रेक्टरबाट कोहि साइकलबाट कोहि टाउकोमा बोकी ल्याई रहदा देखेर के गर्दा यसलाई न्यू निकरण गर्न सकिन्छ भने मनमा शुरु भयो र आफनै जन्म दिनको अवसरमा बृक्षा रोपन गरी जन्म दिन मनाउने चाहना बन्यो । यसले बृक्षा रोपन गरेर मानिसलाई चाहिने आक्सिजनले स्वस्थ्य बातावरणमा बिकास हुनेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close