नेकपा एसका उम्मेदवारको घरदैलो अभियान तीव्र

बारा
बारा जिल्लाको फेटा गाउँपालिकामा नेकपा एककीकृत समाजबादीको घरदैलो कार्यक्रमलाई तीव्र पारेको छ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेटा गाउँपालिकामा अध्यक्ष पदको उम्मेदवार अरविन्द प्रसाद साह र उपाध्यक्षको उम्मेदवार प्रभावती देवी कलवार तथा वाडध्यक्षको उम्मेदवारहरुलाई बिजयी बनाउनका लागि घरदैलो कार्यक्रम तीव्र पारिएको हो ।
घरदैलो गर्दै पालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष सहितको सम्पुर्ण प्यानललाई जिताउन नेकपा एकीकृत समाजबादीलाई मतदान गर्न अपिल गरेका छन् ।फेटा गाउँपालिका विभिन्न वाडहरुमा भएको घरदैलो अभियानमा नेकपा एकीकृत समाजबादीलाई जिताउन आग्रह गरिएको छ।
पालिकावासीको विश्वास जित्न सफल हुनुभएको र पालिकावासीले साह जस्तै मेहनत शिल, लगनशील, सहनशील, कर्मठ, इमनदा, बिकाश प्रेमी, जुझारु नतो पालिका अध्यक्ष हुनुपर्ने बताइएको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित सहित महिलाहरुको सशक्तीकरण र न्यायिक स्वच्छताका लागि गाउँघरमा नेकपा एकीकृत समाजबादी जित्नुको विकल्प नरहेको मतदाताहरुले बताएका छन् ।
घरदैलो कार्यक्रममा एकीकृत समाजबादीका नेता कार्यकता गाउँपालिका प्रमुख पद के उम्मेदवार अरविन्द प्रसाद साह, उपाध्यक्ष प्रभावती देवी कलवार तथा सम्पुर्ण वडाध्यक्ष लगायत सदस्यहरूको उम्मेदवारहरुको उपस्थिति रहेको थियो।