पर्सा प्रहरीको ठूलो सफलता

वीरगंज । प्राप्त सुचनाको आधारमा २ दिनको अन्तरालमा पर्सा प्रहरीले ठुलो सफलता हाथ पारेको छ ।
यस कार्यालयबाट प्र.नि. प्रज्वल थपलियाको कमाण्डमा खटिएका टोलीले बिहान ८.३० बजे वीरगंज महानगरपालिका वडा नं. २१ परवानीपुर बाटो हुदै जादै गरेको यु.पि. २१ ए.एन.९९५७ नम्बरको भारतिय ट्रकलाई रोकी चेक जाँच गर्दा उक्त ट्रकको चालक बस्ने क्याबिनमा लुकाई छिपाई राखेको २७० के.जी. गाजा फेला पारेको छ । ट्रकमा सवार भारत बिहार जि. मोतिहारी ग्राम सेमरी वडा नं. ११ बस्ने बर्ष २७ को बिजेश कुमार यादव र भारत बिहार पूर्वी चम्पारण पलडवा निवासी बर्ष ५० को धर्मेन्द्र यादव पक्राउ परेका २ जनालाई अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार समेलनको आयोजना गरी सार्बजनिक गरिएका छन ।

त्यसतै यु.पि. ७० बि.के. ९९५५ नम्बरको सेतो कारमा लुकाई छिपाई लेजादै गरेको ९० के.जी. गाजा सहित भारतिय २ जना पक्राउ परेका छन ।






