नेपाल बैंक लि.को नवनिर्मित भवनको समुदघाट्न सम्पन्न

नेपाल बैंक लिमिटेड सिटि अफिस शाखा बिर्ता बिरगंजको नवनिर्मित भवनको समुदघाट्न सभ्य र भब्य सम्पन्न भएको छ ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको भवन स्थापना काल देखी नै रहेको भवन पुरानो जिर्ण अवस्थामा  भवन भत्काएर रु. ४५००००००/– को लागतमा आधुनिक डिजाइनमा निर्माण गरिएको छ ।
सो भवनलाई यस बैंकका शाखा प्रवन्धक संगीता पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रमुख कार्यकारी अधिकृत तिलक राज पान्डेले रिबन काटेर उद्घाटन गरेका थिए ।


कार्यक्रमका बिशिष्ट अतिथि नेपाल राष्ट्र बैंकका डाइरेक्टर अजीत रेग्मी बिशिष्ट अतिथि लक्ष्मी पौडेल अतिथिहरु बरिष्ट अधिवक्ता रामेश्वर सेढाई मधेश प्रदेसका बिजय कुमार यादव वडा अध्यक्ष जगत साह कानु वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक पुष्कर बोग्टी, किशोरी राय यादव, राम नरेश साह बिभिन्न शाखाका शाखा प्रवन्धक कर्मचारी, क्लाईन्ट, सेवाग्राही लगायत सुरक्षाकर्मी, संचारकर्मीको उपस्थिति रहेको थियो ।


यस बैंक नेपालको बिभिन्न सहरमा ११५०० शाखाहरु रहेको र अझ बितिय संस्थालाई गाउँ गाउँ सम्म पहल गरी पुरयाउने तथा फेसबुक, टयुटर आदी इत्यादी माध्यमहरुबाट ठगी गर्ने गिरोह सक्रिय रहेको हुदाँ सवधानी समेत अपनाउन डाइरेक्टर अजीत रेग्मी बताउनु भयो ।

बैंक कर्मचारीहरुलाई उदित गर्दै उद्योगी व्यवसाथीहरुलाई अत्यन्त सहयोगी भावनाले तानी साना या ठुला क्लाइन्टले धेरै नदिए पनि थोरै दिएर नै जाने बताउनु भयो ।


अनुसाशित भएर शाखालाई टारगेटमा पुरयाउन ग्राहकहरुलाई सेवामा कर्तब्य निष्ट रहि धर्म पालन गर्ने र कहिले काही कुनै कमी कमजोरी भएको बेलामा आफै बसी समन्वय गर्नु, ब्यवसाय चलिरहेको छ तर समयमा सावाँ ब्याज नतिर्नु त्यसता क्लान्टसंग सावधान रहन प्रमुख कार्यकारी अधिकृत तिलक राज पान्डेले बताउनु भयो ।

औपचारिक रुपमा हामी नयाँ भवनमा आउदा धेरै खुसी भएका छौं र नेपालकै जेष्ठ बैंक भएको हुँदा अभिभावकको भूमिका निर्वाह गरी जनतालाई तिरन्तर सेवामा सहज सरल सुबिधा विभिन्न माध्यमाबाट दिई रहेको र यसलाई अझ बिस्तार गर्दै जाने बैंकका शाखा प्रवन्धक संगीता पोखरेलले बताउनु भयो ।


कार्यक्रम संचालक ऋण शाखाका प्रमुख सुधिस कुशवाहा र मुकेश ठाकुरले संचालन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close