प्रसौनीमा टावर लाइट जडानको बाधक बन्दै पालिका अध्यक्ष जयसवाल

अकबर हवारी  ।
बारा । बाराको प्रसौनी गाउँपालिकामा टावर लाइट जडान कार्यमा रोक लगाईएको छ । वडा नं. १ मा पालिकाको मुख्य बजारको रुपमा रहेको प्रसौनी बजारमा भइरहेको टावर लाइट जडान कार्यमा नव निर्वाचित पालिका अध्यक्ष विनोद प्रसाद जयसवाल लगायतका जनप्रतिनीधीहरुले रोक लगाएको स्थानीयले बताएका छन् ।

पालिकाको निबर्तमान अध्यक्ष भोला प्रसाद गुप्ताको विषेश पहलमा मधेस प्रदेशका पूर्व मन्त्री जितेन्द्र सोनलको संसदिय कोषबाट १२ लाख ५० हजार रुपैयाँको लागतमा उक्त हाईमास टावरलाईट जडान कार्य सुरु भएको थियो । यस विषयमा वडा नं. १ का वडाध्यक्ष लालबाबु मुखिया बिन बुझदा पालिका अध्यक्ष जयसवाल र वडा नं. २ का वडा अध्यक्ष हिर्दय साह तेली लगायका जनप्रतिनीधीहरुले रोक लगाएको उनले बताए ।

वडा नं. २ का वडाध्यक्ष तेलीले आफनो कार्य क्षेत्र बहिर रहेको भएपनि आएर धान्धली गरी जबर जस्ती खनिएको खाल्डो आफनो कार्यकर्तालाई भनी पुर्न लगाएको उनले बताए । टावर लाइट जडान कार्य के कस्ता कारणले रोक लागेको भन्ने विषयमा पालिका अध्यक्ष जयसवाल संग फोन सम्पर्क गर्दा फोन सम्पर्क हुन सकेन ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close