प्रसौनी गाउँपालिकामा राष्ट्रिय शिक्षा दिवस कार्यक्रम सम्पन्न

आश महम्द मियाँ
प्रसौनी गाउँपालिकाको अहवान गुणस्तरिय शिक्षाको सम्मन तथा समावेशसी र सिपमुल्क शिक्षा स्वदेशमै पहिचान नाराको साथ राष्ट्रिय शिक्षा दिवसको अवसरमा पालिका द्वारा सम्मन कार्यक्रम सम्पन्न भएको छ ।

प्रसौनी गाउँपालिका तथा शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आफनै परिसरमा एक कार्यक्रमको आयोजना गरि पालिकामा रहेको सामुदायिक तथा निजी बिद्यालयका १ देखि ९ सम्मका बिद्यार्थीहरु प्रथम, द्वतिय र तृतिय श्रेणी हासिल गरेका छात्र, छात्रा भाई बहिनीहरुलाई स–सम्मान परस्कार सहित अन्य कर्मचारीहरुलाई स–सम्मान प्रशंशा–पत्र बितरण गरिएको छ ।

शिक्षा क्ष्ोत्रमा छात्र, छात्रा भाई बहिनीहरुलाइ हौसला दिई मनोबल बढाउन यस्तो कार्यको आयोजना गरिएको छ भने सांस्कृतिक नृत्यको पनि आयोजना गरिएका थिए ।

आजको यथार्थ अमूल शिक्षा ब्यवस्था हो । यसको आवश्यकतालाई मध्य नजर गर्दै सरोकारवाला सम्म पु–याउन हामी खोजेका छौ । शिक्षाले हाम्रो पालिका मात्र नभई नेपाल नै बनाउने तर्फ सहयोग गर्ने अध्यक्ष जैशवालले बताउनु भयो ।

स्थानिय जन प्रतिनिधिहरुको एक आपसमा सदभाव हुन नसकी मनमुटाउको कारण जनताबाट आइईरहेका जन गुनासाहरु जन्म दर्ता, बिबाह, मुल्यांकन जस्ता बिभिन्न थरीका सिफारिस समयमा नगरी पिडित बनाईएको सापकोटा बताउनु भयो ।

यस कार्यक्रमका अध्यक्षता गर्नु भएका प्रसौनी गाउँपालिका अध्यक्ष बिनाद जैशवाल, प्रमुख अतिथि जिल्ला समन्वय समिति उपाध्यक्ष चण्डिाका उप्रेती, बरिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष किरण देवी साह, जिल्ला प्रसाशन प्रमुख नवराज सापकोटा, प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्ले अनुसंधान एसपी अभिनय कुमार सिंह, प्रमुख प्रशासकिय अधिकृत सुमित कुमार सिंह ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक बिनोद बोहरा, लेखा प्रमुख प्रेमबाबु पटेल, राजेश साह, ट्राफिक ना.नि. दिलिप कुमार यादव वडा अध्यक्ष लालबाबु मुखिया, हृदय नारायण साह, याकुब अंसारी, संतोष साह, इसलाम मियाँ, कार्यपालिका सदस्यहरु, अभिभावक, शिक्षक, शिक्षिका, बिद्यार्थी, कर्मचारी सुरक्षाकर्मी, संचारकर्मी लगायतहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संचालन श्री बेंगाा साह माध्यमिक बिद्यालयका शिक्षक प्रेम चन्द्र साहले गरेका थिए ।









