ट्रान्सफर्मर चोरीमा बृद्धि

आश महमद मिया
ट्रान्सफर्मर चोरीको घटना दिन प्रति दिन बढदै गएको छ ।
बारा जिल्लाका बिभिन्न ठाउं कलैया उ.म.न.पा.वडा नं.–१८, २१ र २५ तीन वटा प्रसौनी, फेटा, तेलकुअवा, करैयामाई, महागढीमाई पालिकाहरुबाट जडान गरिएको बतीको लागी ट्रान्सफर्मर र टय«वेल बोरिङ्गको ट्रान्सफर्मर समेत गरी दर्जनौ चोरी भएको घटनाहरु प्रकाशित हुदै आएको छ ।
प्रसौनी गाउंपालिका वडा नं.–३ नौतनमा टय«वेल बोरिङ्गमा रहेको ट्रान्सफर्मर आज दोश्रो पटक चोरी भएको छ । बिगत लामो समय देखि करोडौको लागतमा केन्द्र सरकारबाट टय«वेल बोरिङ्ग जडान गरिएको बोरिङ्ग हाल सम्म संचालनमा नभएको तर दुई वटा ट्रान्सफर्मर चोरी भैईसकेको छ ।
तर सम्बन्धित निकाय मौन देखिन्छन । चोरले ट्रान्सफर्मर फोडेर त्यसमा रहेको धातु मात्र लगेको हुन्छन । यसमा कर्मचारीको पनि संनलग्ता हुन सक्नेछ । यो चोरी गर्ने समुह नै रहेका आशँंका गरिन्छ ।