बारा यातायातमा नयाँ प्रमुख दास, घुसखोरीविरुद्ध अभियान सुरु

यसै क्रममा बारा कलैयामा रहेको यातायात व्यवस्था कार्यालयमा लेखापाल पदमा कार्यरत रघुनन्दन साहले सोही कार्यालय प्रमुखलाई आफ्नो भ्रष्टाचारमा समावेश गरी व्यापक लाईसेन्स फेल भएकालाई पास गरी लाईसेन्स विक्री गरी अकुत सम्पति कमाएका छन् । विगत ४ महिनादेखि सो कार्यालयमा कार्यरत रही आफ्नो भ्रष्टाचारको जालो बुन्न सफल लेखापाल साहले नयाँ कार्यालय प्रमुख भएर भर्खरै आएको अरविन्द दासलाई समेत आफ्नो जालोमा पार्न असफल भएपछि बौलाउन थालेका छन् ।
जुन कार्यालय गएपनि सफल भएर कार्यालय चलाउने कार्यालय प्रमुख दासले अब आफ्नो कार्य लेखापाल मै बस्नु भन्दा लेखापाल साहले कार्यालय प्रमुखलाई सरुवा गराई आफ्नो भ्रष्टाचारको जालो कायम राख्न प्रदेश सरकारका मुख्यमन्त्री सतिश सिंहलाई पैसाको बिटो दिने चर्चा यातायातका विचौलिया समेत बाट अहिले हुने गरेको छ ।
अहिले यातायात व्यवस्था कार्यालय कलैया, बारामा घुसको रकम यतिखेर फालाफाल भएको छ । घुसखोरी कार्यलाई न्यूनिकरण गर्न र भ्रष्टाचारमा लिप्त भ्रष्ट कर्मचारीहरुलाई कारवाही गर्ने नयाँ आएका कार्यालय प्रमुख अविन्द्र दासले बताउनु भएको छ । त्यहाँ कार्यरत रहेका बिवादित लेखापाल रघुनन्दन साहले कार्यालयलाई कमाउने खाने भाडो बनाएका छन् भने भर्खर आएका नयाँ कार्यालय प्रमुख दासको आगमनले कार्यालयलाई भ्रष्टाचारमुक्त बनाउँदै सेवाग्रहीहरुलाई सुशासनको अनुभुति दिलाउनु पर्नेमा जोड दिएका छन् ।
भ्रष्ट प्रवृतिका लेखापाल रघुनन्दन साहले सवारी चालक अनुमति पत्र विक्री गरेर करोडौं कमाउने योजनामा रहेको सो कार्यालयका कर्मचारीले नाम नछाप्ने शर्तमा बताए । लेखापाल साहको रणनीतिलाई निरुत्साहित गर्न नयाँ कार्यालय प्रमुख दासले प्रयोगात्मक र लिखित परीक्षामा कुनै कमि नगरी पारदर्शी तरिकाले कार्य गर्ने उनको भनाई छ ।
सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै कार्यालय प्रमुख दासले अब कुनैपनि कर्मचारीहरुले बिचौलियाहरु मार्फत रकम असुली गरे, आफू सिँधै अख्तियारको ढोका ढक्ढकाउने पनि जनाएका छन्, तर कार्यालय श्रोत कै अनुसार यातायात कार्यालय बारामा अड्डा जमाएर बसेका लेखापाल साहले केहि कर्मचारीहरुको सहयोगमा कार्यालय प्रमुखलाई नै असफल पार्ने षडयन्त्र बनाइरहँदा कार्यालय प्रमुख दास गत बुधबार कार्यालयमा हाजिर भएर तनाव सहन नसकी शुक्रबार कार्यालय सकेर घरतिर लागेका छन् ।






