इप्रकाद्वारा होली मिलन कार्यक्रम सम्पन्न

बारा, आशमहमद मियाँ ।
सदियो देखी मनाउदै आईरहेको असत्य माथी सत्यको विजयको उपलक्षमा मनाउदै आएको होली पुर्णिमा पर्व हो । यो पर्बले आपसी सदभाव भाईचारा जोडने भएकाले बारा, इलाका प्रहरी कार्यालय प्रसौनी गण्डक द्धारा आयोजना गरेको आईतबार होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

इलाका प्रहरी कार्यालय प्रसौनी गण्डक कार्यालय परिसरमा भएको सो कार्यक्रममा सहभागिहरुले अबिरको टिका लगाएर सभ्य र भव्य रुपमा होलीको शुभकामना अदानप्रदान गरेका थिए ।

यस कार्यक्रम अध्यक्ष प्रमुख प्रहरी निरिक्षक नरेन्द्र कुमार बोगटीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपस्थित क्षेत्रिय सभापति लोकेश सिंह, पूर्व सांसद उम्मेदवार सुनिल गुप्ता, प्रसौनी गाउंपालिका अध्यक्ष विनोद जैंशवाल पुर्व गाउंपालिका अध्यक्ष भोला प्रसाद गुप्ता उपाध्यक्ष किरण देवी साह, वडाअध्यक्ष लालबाबु मुखिया, हृदयनारायण साह, पत्रकार, सुरक्षाकर्मी, समाज सेवी अम्बिका प्रसाद गुप्ता, श्याम तिवारी, लगायत अन्य अतिथिहरुको उपस्थिीती रहेको थियो । कार्यक्रमको जहजी करण इलाका प्रहरी नायब निरिक्षक कृष्ण देव सिंहले गर्नु भएको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close