१५० जनालाई निःशुल्क उपचार र औषधी बितरण

वीरगंज महानगरपालिका वडा नं. १४ पिपरामा रहेको स्वास्थय चौकीमा वीरगंज महानगरपालिकाको आयोजनमा युनिसेफको सहयोगमा बच्चा बिशेषज्ञ मानसिक रोगका डा. राम प्रसाद साह तथा डा. चन्दन चौधरी लगायत वहाको टिमले यस स्वास्थय शाखामा मानसिक रोगीलाई ५ बर्ष देखिका किशोर, किशोरी, महिला तथा पुरुषहरुलाई १५० जनालाई निःशुल्क उपचार र औषधी बितरण गरेका छन ।

यस कार्यबाट बिपन्न गरिब निमुखा धेरै लाभान्तित हुने स्थानियहरु बताउ छन । यस कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष महबुब एलाहीको अध्यक्षतामा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंह अतिथि प्रमुख प्रसाशकिय अधिकृत मातृका भटराई, अधिकृत राजेश गिरी सि.अ.हे.ब.अ.सच्चिदानन्द प्रंसाद जैसवाल वडा सचिव राजेश डंगोल ,राम जिनिस चौरसिया, देव करण पटेल, कान्ति देवी राम लगायत जनप्रतिनिधि, स्वास्थय स्वयम सेबिका कर्मचारी, स्थानियको सहभागिता रहेका थिए ।

यस शाखाका स्वास्थय चौकीमा प्रमुख सच्चिदानन्द प्रंसाद जैसवालले बताउनु भयो ।






