प्रजिअ आर्याल र संचारकर्मीहरुसंग परिचात्मक कार्यक्रम

आश महमद मियाँ
रुपन्देही जिल्लाबाट सरुवा भै पर्सा जिल्ला प्रशासन कार्यालयमा आउनु भएका जिल्ला प्रशासन कार्यालय प्रमुख उत्कृष्ट गणेश अर्यालले आफनै सभाहलमा संचारकर्मीहरुसंग बुधवार परिचात्मक कार्यक्रमको आयोजना गर्नु भएको छ ।

परिचात्मक कार्यक्रमसंगै यस जिल्लाको समसमायिक बिषयमा छलफल समेत भएको छ ।


यस जिल्लामा हुने गरेको कृयाकलाप, बिकास निर्माणमा ठेकेदारहरुको ढिला सुस्ती, भष्टाचार मौलाएको यसै कार्यालयबाट भएको नागरिकता प्रतिलिपीमा कमी कमजोरीले सर्बसधारण पिडित जनताको गुनासो सुसाशनको कुरामा अनुभुति जस्ता बिषय बस्तुमा संचारकर्मीहरुको उठेको जिज्ञासामा प्रमुख जिल्ला अधिकारी अर्यालले आज आएको ३ दिन मात्र भएकाले यसबारेमा बोलेर हैन अगामी दिनमा गरेर देखाउने बताउनु भयो ।

 


यस कार्यक्रममा जिल्ला कार्यालय प्रहरी प्रमुख कुमोद ढुगेल, शसस्त्र प्रहरी प्रमुख राधेश्याम धिताल, सहायक जिल्ला प्रमुख, कर्मचारी लगायत संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close