नेकपा एकीकृत समाजवादीको घरदैलो कार्यक्रम

बारा । नेकपा माओवादीका नेता तथा अध्यक्ष पदका उम्मेदवार बिजय यादव सहितको टोली गठबन्धनलाई जिताउन घरदैलोमा पुगेका छन।

प्रसौनी गाउँपालिका वडा नम्बर ३ नौतनमा नेकपा एकीकृत समाजवादीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

प्रसौनी गाउँपालिका वडा नम्बर ३ नौतनमा नेकपा एकीकृत समाजवादीबाट वडा अध्यक्ष पदका उम्मेदवार छोटेलाल साह कानु सहित वडा सदस्य लगायत नौतन गाउंवासी संग भेटघाट तथा छलफल गरेका छन ।

यस अघि निर्वाचित जनप्रतिनीधिहरुले गोँउपालिकामा बिकास निर्माणका काम गर्न नसकेको हुँदा अब गाउँपालिकाको बिकास र समृद्धीका लागि आफनो प्यानललाई बिजयी बनाउन आग्रह गरेका छन् । घरघरमा पुगेर कानुले गत निर्वाचनमा पराजय भोगेर पनि निरन्तर जनताको बिचमा रहेर गरेका कामको मूल्यांन गर्ने विश्वास व्यक्त गरेका छन् ।

पदमा नभएर पनि गाउँपालिकामा धेरै काम गरेको बताउँदै कानुले अवसर दिएमा गाउँपालिकाको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार देखि हरेक क्षेत्रको बिकास गर्ने प्रतिबद्धता जनाएका छन् । कानुसँगै उपमेयरकी उम्मेदवार सुष्मा कुश्वाहले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कलम छापमा मतदान गरी भारी बहुमतले जिताउन नगरबासीसँग आग्रह गरेका छन् ।

यस पालिको चुनावमा वडा अध्यक्ष कानुलाई स्थानीयबासीहरुले बिजय हुने चर्चा समेत गर्न थालेका छन ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close