राजश्व बाहेक अन्य कुनै रकम नर्तिन सेवाग्रहीलाई मालपोत प्रमुख बरालको अनुरोध

बारा, २९ पुस ।
भूमि सुधार तथा मालपोत कार्यालय कलैया बारामा राजश्व बाहेक अन्य कुनै रकम, दस्तुर नर्तिन सेवाग्रहीहरुलाई मालपोत प्रमुख गोपाल प्रसाद बरालले अनुरोध गरेका छन् ।
मालपोत कर्मचारीको मिलोमतोमा अबैध रकम लिएर भूमि सुधार तथा मालपोत कार्यालयमा कामकाज हुने गरेको कुरा अफवाह जन्य रहेको छ, कसैले लेनदेनको कुरा गरी मालपोतबाट काम गराई दिने भनेपछि त्यसको जानकारी वा सिकायत गर्न सिघै मालपोत प्रमुखको कक्षमा आएर गुनासो गर्न सम्बन्धित सेवाग्रहीलाई उनले अनुरोध गरे ।
१० लाख बढीको जग्गामा लाभकर लाग्ने कानुनी व्यवस्था भएकोमा सो अनुपातमा केही सेवाग्रहीले कानुन विपरित धाक, धम्की लगाएर कार्य गराउन आउने गरेको कारण सो कार्य कर्मचारीले नगर्दा पटकपटक उनीहरुबाट र्दुव्यवहार हुने गरेकाले मालपोतका कर्मचारीहरु असुरक्षाको महशुस गर्ने गरेका उनले बताए ।
दरबन्दी अनुसारको कर्मचारी नहुँदा कार्य सम्पादनमा केही बेर ढिलाई भएपनि सकभर रातीसम्म कार्य सम्पादन गरिने कार्य भई रहेको मालपोत अधिकृत बरालले जनाए । अपुग कर्मचारीको कारण कार्यालयमा हालको दिनमा करिब डेढ सय बढी सेवाग्रहीहरुले सेवा लिई रहेको तथा अदालत, बैंक र पालिकाहरुले पठाएको चिट्टीपत्रको जवाफ दिने कार्य गरिदै आई रहेको उनले जनाए ।
जिल्लाका १६ स्थानीय पालिका मध्ये कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, कोल्हवी नगरपालिका र करैयामाई गाउँपालिकामा रहेको जग्गाको कित्ताकाटको कार्य समेत सम्पादनको कार्य सुरु भई सकेको मुद्दा फाँट प्रमुख रामजी प्रसाद साहले जनाए ।
यसैगरी अन्य पालिकाबाट जग्गा मुल्याङ्कन र बर्गीकरणको कार्य सम्पादन फाईल नआएको कारण सो पालिकाको जग्गाको कित्ताकाटको कार्य मात्र रोकिएको तथा मुद्दा फाँटबाट सम्पादन हुने नामसारी, दा.खा., कित्ता एकिकृत लगायतको कार्य निबेदन दर्ता भएको दिन नै सम्पन्न गरी सम्बन्धित ब्यक्तिलाई दिने गरेको उनले जनाए ।
१६ वटा पालिकाबाट आउने सेवाग्रहीहरुको हालको दिनमा जग्गा रजिष्ट्रेशन, रोक्का, तामेली, मोहीकट्टा, नामसारी लगायतको कार्य भई रहेको लेखापढी व्यवसायी संघ बाराका अध्यक्ष बृजकिशोर प्रसाद यादव(भगत्तजी)ले जनाए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close