नि. अध्यक्ष र उपाध्यक्षको पक्षमा जनलहर

बारा । प्रसौनी गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीका गा.पा. नि. अध्यक्ष भोला प्रसाद गुप्ता र उपाध्यक्ष गिता देवी साह सहित सम्पूर्ण प्यानल नै जनतासँगको भेटघाटलाई निरन्तरता दिएका छन् ।

अध्यक्ष तथा उपाध्यक्ष पदमा उम्मेदवारी दिएका गुप्ता र साहले विभिन्न वडाहरुमा घरदैलो गरिरहेका छन् । घर दैलोको क्रममा विभिन्न वडाका बासिन्दाले हस्रोलासका साथ समर्थन जनाइरहेका छन् ।

गुप्ता राजनीति पेशामा आबद्ध भइ जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाइ समाजको सेवकको रूपमा चिनाउन सफल हुनु भएको गुप्ता नै यसपालिको दोस्रो पटक पनि अध्यक्ष हुने स्थानीयवासीहरुले ठोकुवा समेत गर्न थालेका छन् ।

बिगतको पाँच बर्षमा गरेका राम्रा महत्वपूर्ण र दिर्घकालिन सोचका साथ फाईदा हुने काम गरिएको छ । त्यस्ता सृजनात्मक र जनहित योजना शिक्षा, स्वास्थ्य, सिपमुल्क, जनचेतना, छोरी शिक्षा कार्यक्रम, बेटी पढाउ बेटी बचाउ कार्यक्रम सडकहरुको उन्नती भई पक्की बनाएका छन भने नाला निर्माण लगाएत अन्य क्षेत्रमा पनि राम्रो सुधार गरेकै कारण यसपालिको निर्वाचनमा, सर्ब सधारण जनताहरूको ढुकढुकी, मिहिनेती, ईमानदार, निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल हुनु भएका गुप्तालाई नै रोज्ने स्थानीयवासीहरुले बताएका छन्।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा साईकल चुनाव चिहनमा मतदान गरेर अध्यक्ष तथा उपाध्यक्ष पद सहित सम्पूर्ण प्यानललाई भारी बहुमतले बिजय बनाउन वडाबासीलाई आग्रह गरेका छन ।

स्थानीय तहको चुनाव नजिकिदै जादा प्रसौनी गाउँपालिका जनप्रिय नेता नि. अध्यक्ष गुप्ताको पक्षमा जनलहर नै चलेको छ । जनताको सेवामा समर्पित सुख दुखमा साथ दिने समाजसेवी, कर्मठ, योग्य गुप्ता लोकप्रिय बन्दै चुनाव जितने ठोकुवा समेत गर्न थालेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close