जनप्रिय नेता गुप्ताको पक्षमा जनलहर

बारा । स्थानीय तहको चुनाव नजिकिदै जादा प्रसौनी गाउँपालिका वडा नं.४ का समाजसेवी तथा युवा नेता सौरभ कुमार गुप्ता लोकप्रिय बन्दै गएका छन् ।

बिगत केही बर्ष देखि वडा मा जनताको सेवामा समर्पित हुदै आएका गुप्ता आउने बैशाख ३० गते को चुनावको लागि वडा अध्यक्ष का उमेदवारी दिएका छन्। यसपाली भ्रष्टाचार तथा बिकासको काम गर्न नचाहने गिरोहहरुलाइ चुनौती दिदै उम्मेदवारी दिएको नेता गुप्ताले बताए ।

गुप्ता राजनीति पेशामा आबद्ध भइ वडा नं.४ का जनताको निम्ति आफ्नो अहम भुमिका निर्वाह गर्दै आएको तथा आफुलाइ समाजको सेवकको रूपमा चिनाउन सफल गुप्ता नै यसपालिको वडा अध्यक्ष हुने स्थानीयवासीहरुले ठोकुवा समेत गर्न थालेका छन् । बिगतको पाँच बर्ष मा वडा नं ४ का निर्वाचित अध्यक्ष भएर जनताको निमित बिकासको काम गर्नुको साथै शिक्षा,स्वास्थ लगाएत अन्य क्षेत्रमा पनि राम्रो सुधार गरेकै कारण यसपालिको निर्वाचनमा,युवाहरूको ढुकढुकी, मिहिनेती,ईमानदार,निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाइ चिनाउन सफल युवा नेता सौरभ कुमार गुप्तालाई नै रोज्ने स्थानीयवासीहरुले बताएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close