चुरे संरक्षण तथा भुमिहिनलाई व्यवस्थित अधिकार

नेपाल पत्रकार महासंघ शाखा कार्यालय पसार्, वीरगंजको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा चुरे तथा बन जंगल संरक्षण अभियानका अभियन्ता राष्ट्रिय संयोजक सुनिल यादव द्वारा सिर्सिया नदीमा सिमरा देखि वीरगंज सम्म बिभिन्न साना ठूला फैक्ट्रीहरुको फोहोर हानिकारक रसायन मिश्रित पानीको निकास भैरहेको प्रदुशनका कारण त्याहाका स्थानियको जनजिवन नै प्रभावित भैसकोछ ।
स्थानियले फोहार पानीको गन्धले नुहाउन सकेका छैन । पशु गाई, भैसी, बाख्रा लगायत अन्य जिवजन्तुहरु पानी खाई बिरामीको सिकार भैइ मृत्यु समेत हुने गरेका छन । त्यती मात्र नभइ यस नदी क्षेत्रमा बसोबास गर्ने स्थानिय बासिन्दाको परिवारमा बिबाह गर्न समस्या समेत भैरहेको बताउनु भयो । त्यती मात्र नभई फैक्ट्री संचालकहरुले नदीका छेउछाउमा रहेको सार्बजनिक जग्गाहरु अतिक्रमण गरी प्रखाल उठाइ सकेका छन ।
यता बन जंगल मासिने कार्य दिन प्रतिदिन बढी रहेको छ । सखुवा प्रसौनी गाउंपालिका वडा नं १ सखुवनिया गाउंमा बिगत १ बर्ष अगाडी अतिक्रमण गरि बसोबास गरेको बस्ती खाली गराई त्यस जग्गामा बृक्षा रोपन समेत गरिसकेको पर्सा डिभिजन बन कार्यालयले सर्वबादितनै छ । त्यस बृक्षा रोपन गरिसकेको ठाउंमा पनि हाल केही कर्मचारी र भू–माफियाहरुको मिलोमतमा घर टहरा बनाइको छ ।

यसता अनाधिकृत सार्बजनिक जग्गा अतिक्रमण, फोहोर पानी, नदी संरक्षण कार्यलाई अन्देखि गर्दै सम्बन्धित निकाय स्थानिय प्रसासन मौन रहेकोछ । त्यसता कार्य रोकी अनियमिता छानबिन गरी दोषीलाई कार्वाही गरी भुमिहिनहरुलाई भूमिको अधिकार पाउनु पर्ने मांग हाम्रो रहेको छ । यदी त्यसो नभए हाम्रो चरणबद्ध आन्दोलन गरिने कार्यक्रम योजना रहेको छ ।
बैशाख २४ गते नगरमा बिरोध जुलुस तथा कोण सभा, २५ गते वीरगंज उद्योग वाणिज्य संघ अगाडि विरोध प्रदर्शन, २६ गते वीरगंज मनपा कार्यालय अगाडी विरोध प्रदर्शन, २७ गते डिभिजन वन कार्यालय अगाडी विरोध प्रदर्शन र २८ गते जिल्ला प्रशासन कार्यालय अगाडी विरोध प्रदर्शन गरिने जनाएका छन ।






