पालिका वासीलाई खाने पानीको समस्या हुनदिन्न ः अध्यक्ष जैसवाल

बारा । बाराको प्रसौनी गाउंपालिकाले पानीको हाहाकार भएको बेलामा निजी तथा सार्बजनिक धारा धमाधम जडान कार्य सुरुगरेको छ ।
बढ्दो गर्मीसँगै लामो समय खडेरी परि पानी नपर्नुले बारा लगायत मधेश प्रदेश मै पानीको हाहाकार मच्चिएको छ । अत्याधिक गर्मीका कारण अहिले बाराका अधिकांश पानीका मुहानहरु सुकेका छन् । भने चापाकलमा पनि पानी नआउदाँ पानीको हाहाकार मच्चिएको छ ।
स्थानियबासिन्दाले घरमै जडान गरेका धेरै जसो चापाकलबाट समेत पानी आउन छाडेपछि छिमेकबाट पानी ल्याएर गुजारा गर्न बाध्य भएका छन् ।
प्राकृतिक वातारवरणले पु¥याईएको असर, चुरे दोहन, वनजंगल विनाश जस्ता कारणले अहिले ग्रामिण तथा शहरी भेगमा पानीको मुहान सुक्दै जादाँ चापाकलबाट पानी कम आउन धेरै त सुकिसकेका छन । यसरी दैनिक जीवनका लागि अपरिहार्य चिज पानी रहेको र अहिले पानीकै हाहाकार मच्चिदाँ कहाँबाट पानी ल्याएर गुजारा टार्ने भन्ने विषयले स्थानिय चिन्तित बनेका छन् ।
पानीको अभावको बेला प्रसौनी गाउंपालिकाका अध्यक्ष बिनोद जैसवालले आफनो पालिकामा रहेका खानेपानी ट्वीवेलबाट पालिका भरी सहज समस्या समाधान भैरहेको बताए । वहाले वडा वडाका मुख्य ठाउं खुटवा स्कुल, गयान स्कुल नकटुवा, प्रसौनी, हेल्थ पोष्ट, गण्डक चौक, पतंञ्जली, ट्राफिक प्रहरी, ईलाका प्रहरी कार्यालय, सार्बजनिक ट्वाइलेटमा, गाउंको चौकहरुमा करीब २० वटा सार्बजनिक धाराहरु जडान गरिएको र गरिदै जाने बताउनु भयो । यस खानेपानी ट्यांकीबाट पालिकाका वडा नं.– १, २, ३ र ४ का हजारौ घरधुरीहरु लाभान्तित भएका छन ।
स्थानीयवासीले चापकलको पानी सधैँ प्रयोग गर्ने बानी भएकाले पानीको हाहाकार मच्चिएको बेलामा खानेपानी धारा सथानियले धमाधम जडान गराउन लागेको वडा अध्यक्ष छोटेलाल साहले बताए ।
लामो समय खडेरी परि अहिले जिल्लामा पानीको हाहाकार भएको बेला उक्त ट्याङकीबाट सजिलै पानीको समस्या समाधान भएका खानेपानी तथा सरसफाई प्रमुख हरिहर साहले जानकारी दिनुभयो ।