स्व. कृष्णसेन स्मृति दिवसका अवसरमा पत्रकार सम्मानित

आश महमद मियाँ

वीरगंज । प्रेस सेन्टर नेपाल पर्सा शाखाले आयोजना गरेको स्व. पत्रकार कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवस तथा पुरस्कार बितरण समारोह कार्यक्रम बिरगंजको होटेल बिन्दाबनमा सम्पन्न भएको छ ।

सो कार्यक्रमका अध्यक्षता गर्नु भएका प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष दिपक गौतम प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसाल, अतिथि नेपाल पत्रकार महासंघ केन्द्रिय सचिव दिपेन्द्र चौहान, वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल सहायक प्र. जि. अ.उतम कुमार घिमिरे, सस्शत्र प्रहरी उपरिक्षक राधेश्याम धिताल लगायत संचारकर्मीहरुको सहभागिता रहेका थिए ।

स्व. कृष्णसेन स्मृति दिवसका अवसरमा पत्रकारद्धय खनाल र मण्डल सहित ४ जनालाई प्रेस सेन्टर पर्साले सम्मानित गरेको छ ।

४ जना मध्ये पर्सा क्रियाशील पत्रकारिता पुरस्कार दुवैजना कृष्ण उदास खनाल , राम मण्डललाई जनही २१÷२१ हजार रुपैंयाको चेक हस्तान्तरण गरिएको छ । भने २ जना बरिष्ट पत्रकार सुर्दशन राज पाण्डे र जगत राईलाई स– सम्मान पत्र प्रदान गरिएको छ ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close