म्यादी प्रहरीको तालिम शुरु

बारा । ०४ मंसिरमा हुने प्रदेश सभा सदस्य निर्वाचन सुरक्षाका लागि खटिने म्यादी प्रहरी हाल तालिममा छन् ।
बारा जिल्लामा चुनावी सुरक्षाका लागि खटिने म्यादी प्रहरीहरु हाल ईलाका प्रहरी कार्यालय प्रसौनी गण्डकमा छन् ।
सो तालिमको प्रशिक्षक इलाका प्रहरी कार्यालय प्रसौनी गण्डकका प्रहरी सहायक निरिक्षक रोहुल्लाह शेखको कमाण्डमा छन ।
विहान ७ बजे तालिमका लागि यहाँ आइपुग्ने उनीहरुलाई सुरुमा छोटो दौड, कवाज, सलामी, लाठी अभ्यास लगायतका शारीरिक अभ्यास गराइन्छ ।
त्यसपछि भने मतदानस्थलको बनावट, सुरक्षा, सूचना संकलन र खबर आदान प्रदान, मतपेटिका व्यवस्थापन र निर्वाचनसम्बन्धी कक्षा दिइने गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस