प्रिन्सिपल सर्राफको हत्यामा संलग्न रहेका पाँच जना सार्वजनिक

आस महमद मियाँ
बारा, कात्तिक १५ गते ।
कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक गुडु भनिने रुपेश सर्राफको हत्यामा संलग्न रहेका पाँच जनालाई बारा प्रहरीले सार्वजनिक गरेको छ ।
सोमबार दिउँसो कलैया भरतचोक नजिकै सञ्चालक सर्राफको गोली हानी हत्या गरिएको थियो । सर्राफको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेको पाँच जनालाई बारा प्रहरीले आज (बुधबार) सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा कलैया उपमहानगरपालिका–६ बस्ने राधा गुप्ता, जमिल अख्तर, रियाज अन्सारी र भारत मोतिहारी घोडासहन–१२ बस्ने २३ वर्षे चन्दन यादव र सोही ठाउँका २३ वर्षीय अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

यसैगरी हत्याका मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने भारतमा फरार रहेकोे उहाँको भनाइ छ । पक्राउ परेका राधासँग दुई पक्षीय प्रेम प्रसङ्ग रहेकाले सर्राफ र मनोजबीच केहि दिन अघि कलैयामा झगडा समेत भएको थियो ।
सर्राफले सञ्चालन गरेको स्कुलमा राधा बिगत एक वर्षदेखि लेखापालको रुपमा काम गर्दै आएकी थिइन् । दुई पक्षीय प्रेम प्रसङ्गका कारण सर्राफको हत्या भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close