जितपुरसिमरामा एमालेको संयुक्त घरदैलो, एकवाल र देव नारायणको पक्षमा जनलहर बढदै

अकबर हवारी

वीरगंज । एमालेको संयुक्त घरदैलो कार्यक्रम आज बिहान जितपुरसिमरा ६ जीतपुर टोलमा सम्पन्न भएको छ ।

घरदैलोमा प्रतिनिधि सभाका उम्मेदवार एकवाल मियाँ र प्रदेश सभा सदस्यका उम्मेदवार देव नारायण चौधरीले सुर्य र सुर्यमा मतदान गर्न आग्रह गरेका थिए ।

घरदैलोमा भेटघाट गर्दै उम्मेदवार एकवाल र देव नारायण चौधरीले बारा जिल्लालाई नमुना जिल्ला बनाउन तथा बिकाश ,सुशासन र भ्रष्टाचार अन्त्यका लागि आफुहरुलाई बिजयी गराउन आग्रह गरेका थिए ।


एकवाल मियाँ र देव नारायण चौधरीको तुलनामा अन्य उम्मेदवार नभएको भन्दै मतदाताले पुनः एकवाल र देव नारायण चौधरीलाई बिजयी गराउने प्रतिवद्धता जनाएका थिए ।

दुवै नेता बिकाश प्रेमी भएकोले दुवैको जित सुनिश्चित रहेको भन्दै मतदाताले मियाँलाई आर्शिवाद समेत दिएका थिए ।

घरदैलोमा एमालेका बारा केन्द्रिय सदस्य, सल्लाहकार एमालेका युवा नेता लगायत हजरौंको उपस्थिती थियो ।

घरदैलो कार्यक्रममा नेताहरु जसपा एमाले गठबन्धन जिन्दावाद, सुर्या जिन्दावाद लगातका नारा लगाएका थिए । घरदैलो जीतपुर गाँउमा आएर समापन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close