अध्यक्ष पदका उम्मेदवार साह लोकप्रिय बन्दै

बारा । स्थानीय तहको चुनाव नजिकिदै जादा नेकपा (एकीकृत समाजवादी) बाट फेटा गाउँपालिकाका समाजसेवी कर्मठ, योग्य, तथा बिकासप्रेमी युवा नेता अरविन्द साह लोकप्रिय बन्दै गएका छन् ।

बिगत केही बर्ष देखि गाउँपालिका मा जनताको सेवामा समर्पित हुदै आएका साह आउने बैशाख ३० गते चुनावको लागि गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । भ्रष्टाचार गर्ने तथा बिकासको काम गर्न नचाहने गिरोहलाई चुनौती दिदै उम्मेदवारी दिएको साहले बताए ।
साह स्नातकोत्तर (एम.बि.एस.) रहेको र राजनीति पेशामा आबद्ध भइ गाउँपालिकाका जनताको निम्ति आफनो अहम भुमिका निर्वाह गर्नेे तथा आफुले समाजको सेवकको रूपमा चिनाउन सफल हुने बताउनु भयो । यसपालिको गाउँपालिका अध्यक्षमा भारी बहुमतले बिजय हुने स्थानीयवासीहरुले ठोकुवा समेत गर्न थालेका छन् ।
बिगतको पाँच बर्षमा गाउँपालिकाका निर्वाचित जन प्रतिनिधिहरुले जनताको निमित बिकासको काम गर्न नसकेको साथै शिक्षा,स्वास्थ लगायत अन्य क्षेत्रमा पनि सुधार नभएको कारण यसपालिको निर्वाचनमा, युवाहरूको ढुकढुकी, मिहिनेती, ईमानदार, निष्ठावान र बिकासप्रेमी नेताको रुपमा आफुलाई चिनाउन युवा नेता अरविन्द साहलाई नै रोज्ने स्थानीयवासीहरुले बताएका छन्।







