बेगमद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

वीरगन्ज । जसपाकि केन्द्रीय सदस्य करिमा बेगमले पार्टीले टिकट नदिएपछि पर्साको निर्वाचन क्षेत्र नम्बर २ को (ख) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकि छिन ।

पार्टीले आफुलाई टिकट नदिएपछि जनताको चाहना अनुसार जसपा त्यागेर स्वतन्त्र उम्मेदवारी दिएका छिन ।

पर्सा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्यमा निर्वाचित भएकी बेगम, २०७४ को निर्वाचनमा समानुपातिक तर्फ प्रदेशसभा सदस्यमा निर्वाचित भएकि थिइन् ।

आगामि मंसिर ४ को निर्वाचनमा जसपा जिल्ला कार्यसमितिले बेगमको नाम पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष तर्फ सिफारिस पनि गरेको थियो । तर जसपा एमाले गठबन्धनबाट यो क्षेत्रमा जसपाका सुरेन्द्र कुर्मीले टिकट पाएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close