बसको ठक्कर बाट ४५ बर्षीया मानिसको मृत्यु

फेटा गाउँपालिका वडा नम्बर ५ बस्ने ४५ बर्षीय तयामुद्दीन मियाँ बसकोको ठक्कर बाट मृत्यु
वीरगन्ज । वीरगञ्जमा एक स्कुल बसको ठक्करबाट आज विहान एकजना साईकल यात्रीको ज्यान गएको छ । मृत्यु हुनेमा बाराको फेटा गाउँपालिका वडा नम्बर ५ बस्ने ४५ बर्षीया तयामुद्दीन मियाँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक लोकराज भट्टले जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा बाईपास स्थित वैष्णोदेवी मन्दिर नजिक तेजश एकेडमीको ना ५ ख १५०४ नम्बरको बसले साईकल यात्री मियाँलाई ठक्कर दिएको हो ।
आफ्नो प्रतिक्रिया दिनुहोस





