६ महिनामा मधेसबाट दुइ हजार २ सय १३ जना फरार प्रतिवादी पक्राउ

वीरगञ्ज । पछिल्लो ६ महिनामा मधेस प्रदेशभरबाट दुइ हजार २१३ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।अदालतको आदेश कार्यान्वयनका क्रममा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ .

.कार्यालयका प्रवक्ता सुवास चन्द्र बोहराका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुषसममको अवधिमा ती सङख्याका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेशका हरेक जिल्लाका प्रहरीले अभियान नै सञ्चालन गरेर उनीहरुलाई पक्राउ गर्न सफल भएका हुन् ।

उनका अनुसार साउनदेखि पुष मसान्तसम्म पक्राउ परेकामा सबैभन्दा बढी प्रदेश राजधानी धनुषाका प्रतिवादी छन् । अर्थात् धनुषा प्रहरीले मात्र यो समयमा ६५९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

यसैगरी पर्सा ३७९, बारा १४०, रौतहट २०७, सर्लाही २५९, महोत्तरी १५४, सिरहा २१० र सप्तरी २०५ गरी जम्मा दुइ हजार २१३ जनालाई पक्राउ गरिएको प्रवक्ता बोहराले बताए ।

उनीहरुलाई मातहतका प्रहरीले लुकीछिपी बस्दै गरेको अवस्थाबाट पक्राउ गरी अदालतमा पेश गरेको जनाएको छ । पक्राउ परेकाहरुबाट पाँच करोड ५४ लाख ७४ हजार ३९३ रुपैँया जरिवानासमेत तोकिएको छ ।

प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष टोली परिचालन गर्दै आएको छ । सोही क्रममा उक्त सङ्ख्यामा प्रतिवादी पक्राउ गरी अदालतको आदेश अनुसार जरिवाना तिराउ र कारागारसमेत पठाइएको मधेस प्रदेश प्रहरीले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close