अद्भूत चम्तकार देखियो

पर्सा, पटेर्वा सुगौली गाउंपालिका वडा नं.–४, फरहदवामा एउटा अद्भूत चम्तकार देखियो ।
परम पिता प्रमेश्वरको जप प्रार्थनाले जस्तो सुकै बिरामी निको हुने लहरै चलेको छ ।

प्राप्त समाचार अनुसार पटेर्वा सुगौली गाउंपालिकाको फरहदवा निवासी बर्ष १७ को बिकास चौधरीे स्कूलको छेउमा रहेको सार्बजनिक टाउंमा ब्यवस्थापन गरेका छन । जहां नेपालको बिभिन्न जिल्ला लगायत छिमेकी राष्ट्र भारतको बिभिन्न टाउँबाट आफनो सवारी लगायत भाडाको सवारीबाट हजारौ हजारौको संख्यामा महिला, पुरुष मानिसहरु आउन थालेका छन ।

प्रत्येक मंगलवारको दिन बिहान ११ बजे देखि शुरु हुने कार्यक्रम साझ ५ बजे सम्म चल्छ । परम पिता प्रमेश्वरको जप प्रार्थना आस्थाले बिभिन्न थरीका बिरामी सुगर, थाईराईट, दमा, भूतप्रेत, पथरी जस्ता बिभिन्न रोगको उपचार जप प्रार्थना गर्दै पानीको माध्यम द्धारा निको हुन्छन ।

जसरी डोकैला बहुअरी निवासी बर्ष ५० का मुखलाल रौनियार भन्छन । अनेक ठाउं ठाउंमा उपचार गराउदा थाकि सकेको थिए । निरास भएर घरमा बसी रहेको बेला छोराले ल्यायो यहाको साधना र सरले दिएको पानी खाए म अहिले ठिकछु र अब म आफै आउछु ।
त्यसतै पचरुखी निवासी बर्ष ३०¬ को सत्यनारायण चौधरीको किडनीमा भएको पथरीको उपचारको क्रममा बिभिन्न डाक्टरहरुलाई देखाउदा २४ एम एमको पथरी बिना अपरेशनले हुदैन भने पछि घरको आर्थिक स्थितिले अपरेशन गराउन नसकी यो समाचार सुनेर आए सर माथि आशा भरोसाका साथ परमपिता परमेश्वरको प्रार्थना जपले म थिक छु । यसता अनेको उदाहरणहरु छन ।




