घडिअर्वा पोखरीमा छठ घाटको तयारी

आश महमद मियां
वीरगंज घडिअर्वा पोखरी कै परिषरमा छठ घाटको तयारी बारे पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराईएका छन ।
तराईबासीको महान पर्ब छठ पुजा हर्षोल्लास, भब्यताका साथ मनाईन्छ । यसका लागी चाहिने आवश्यक सजावतको लागी टेन्ट छठघाटको व्यवस्थापनमा करीब रु. १५५०००० लाख पचास हजार खर्च हुने अनुमान गरिएको बताए । उनले टेन्ट–पण्डालमा ७ लाख ५१ हजार, परिसर बाहिरको बत्ती सजावटमा १८ हजार, भिडियो ग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख २८ हजार , सरसफाइमा ६० हजार खर्च अनुमान गरिएको बताए ।
त्यस्तै सुरक्षा उपसमितिका संयोजक मुन्ना साह कानुले छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनको सुरक्षा र सहजिकरणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र सादा पोसाकमा गरी १५० सुरक्षाकर्मी साथै घडीअर्वा स्पोर्ट्स क्लबका ५० जना स्वंयसेवक परिचालन गरिने जानकारी गराए । यस्तै छठघाट परिसरमा २० वटा भन्दा बडि सिसिटिभी क्यामेरा जडान गरिएको उनले बताए । कार्यक्रम अवधिभर सुरक्षालाई मध्यनजर गर्दै नेपाल रेडक्रसका स्वास्थय कर्मी ,वारुणयन्त्र र एम्बुलेन्स सेवा परिचालन गरिने उनले बताए ।
पत्रकार समेलन घडिअर्वा छठ पुजा ब्यवस्थापन समिति का अध्यक्ष दिप कुमार कानुको अध्यक्षतामा प्रमुख अतिथी वडा नं १० का वडा अध्यक्ष सुशील साह कानु अतिथिहरु छठ पुजा का पुर्व अध्यक्ष हिरा कानु , प्रेम कानु , मदन प्रसाद गुप्ता उपाध्यक्ष राकेश साह कानु ,कोषाध्यक्ष तिलक साह,सह–कोषाध्यक्ष कन्हैयालाल गुप्ता,जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी गौरी शंकर गुप्ता संचारकर्मी लगायतको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको सहजीकरण घडिअर्वा छठ पुजा ब्यवस्थापन समिति प्रचार प्रसार उपसमितिका संयोजक क्रान्ति साहले गरेका थिए ।






