हाम्रो नेपाल दैनिकको बार्षिकउत्सवमा रक्तदान कार्यक्रम

वीरगंज, हट नेपाल मिडियाले प्रा.लि. द्वारा संचालित हाम्रो नेपाल दैनिक डटकम अनलाईन पत्रिकाको तेश्रो बार्षिकउत्सवको अवसरमा वीरगंजको घन्टाघरमा रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
हट नेपाल मिडिया प्रा.लि. तथा हाम्रो नेपाल दैनिक डटकम अनलाईन पत्रिकाका संचालक रामेश्वर चौरसियाको अध्यक्षतामा प्रमुख अतिथि नारायणी अस्पताल वीरगंजका निमित मेसु. डा. चितरंजन साह संचारकर्मी, राघो साह, मनोज पटेल, अजय चौरसिया जगत राई अभियन्ता प्रकाश थारु लगायत अतिथि गणहरुको सहभागिता रहेका थिए ।
सो रक्तदान कार्यक्रममा ५ जना महिला सहित ३२ जनाले रक्तदान गरेका छन । रक्तसंचार केन्द्रका प्राबिधिक प्रमुख सौरभ राज पाण्डेले जानकारी गराए ।
आफ्नो प्रतिक्रिया दिनुहोस





