नक्कली नोटसहित दुई जना पक्राउ
वीरगञ्ज । एक हजार रुपैयाँ दरको नक्कली नोटसहित किनमेल गरिरहेको अवस्थामा पर्सा प्रहरीले दुई युवकहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले उनीहरूको साथबाट ३८ वटा एक हजार दरको कूल ३८ वटा ३८ हजार रुपैयाँको नक्कली नोट बरामद गरिएको छ । गत शुक्रवार नक्कली नोट प्रयोग गरेर दुई जनाले वीरगञ्ज – ८ स्थित सिटी मार्केटमा कपडा खरिद गर्न खोजीरहेको भन्ने सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३१ कोनिया निवासी २४ वर्षीय ऋषिलाल पटेल र बाराको कलैया उपमहानगरपालिका – ३ निवासी २५ वर्षीय उमेश कुमार रहेका छन् ।
ऋषिलाल र उमेशले गत कार्तिक २४ गते शुक्रवारका दिन साँझ ८ बजेको समयमा सिटी मार्केटस्थित एक पसलबाट नक्कली नोट प्रयोग गरेर कपडा खरिद गर्न खोजेका सोही क्रममा पसलेले नक्कली नोट पहिचान गरी प्रहरीलाई खबर गरेका थिए । नक्कली नोटको विषयमा खबर पाउन साथ घटनास्थलमा पुगेको प्रहरी टोलीले ऋषिलाल र उमेशलाई कानुनी रीत पु¥याई खानतलासी गर्दा उनीहरूको साथबाट एक हजार दरको ३८ थान गरी ३८ हजार रुपैयाँको नक्कली नोट बरामद भएको छ । ऋषिलाल र उमेश प्रहरी नियन्त्रणमा छन् र उनीहरूविरुद्ध खोटा चलन सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको े डिएसपी थापाले जानकारी गराए ।






