बिल बिजक भन्दा बढी समान लोड रहेको ट्रक नियन्त्रणमा

बिशेष सूचनाको आधारमा वीरगञ्जबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.६ ख ७७९८ नम्बरको मालवाहक ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेकोले नियन्त्रणमा लिई राजश्व अनुसन्धान कार्यालय पथलैया,
बारामा पठाइएको छ ।
प्राप्त समाचार अनुसार मिति २०८०।०९।१८ गते राती ११ः०० बजे वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोैक स्थित सडक खण्डमा चेक जाँच गर्ने क्रममा ना.६ ख ७७९८ नम्बरको ट्रकमा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा अ.मु.रू.५६,०५,६८४।– (छपन्न लाख पाँच हजार छ सय चौरासी) बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामाग्रीहरू नियन्त्रणमा लिई थप अनुसन्धानका लागी राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले यस अनलाईनलाई जानकारी गराए ।