नागरिक अभिनन्दन कार्यक्रम सफल बनाऔं

वीरगंज । श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको हुन गइरहेको सवारीमा नागरिक अभिनन्दन कार्यक्रममा गाउँ गाउँ सहर सहरबाट जन सहभागी जुटाउन छलफल सलाह सुझाव कार्यक्रमको आयोजना गरिएको छ ।

बिरगंज माईस्थान गहवामाई अतिथि सदनमा कार्यक्रमको आयोजना गरी संयोजक राजेश प्रसाद पटेलको अध्यक्षतामा प्रमुख अतिथि नवराज ढकाल अतिथिहरु मधुकर शमसेर राणा, राम बाबु साह, सुरेश यादव, प्रदिप पटेल, अजिता देवी, पासपती देवी, मुल समारोह समिति लगायत जन समुदायको उपस्थित रहेको थियो ।

यही मिति २०८०।१०।१३ गते वीरगंज जिल्ला प्रहरी कार्यालय अगाडी रहेको लाल बंगलामा हुन गईरहेको नागरिक अभिन्नदन कार्यक्रममा बढी भन्दा बढी जन समुदायको सहभागी गराई सफल बनाउन अहवान गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close