चट्याङ लागेर पर्सामा एक जनाको मृत्यु

वीरगंज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–१ औँराहामा चट्याङ लागेर मंगलबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सखुवा प्रसौनी गाउँपालिका–१ औंराहा बस्ने ३० बर्षीय हरिन्द्र दास थारु रहेका छन्।

दिउँसो खेतमा कोदालो चलाउँदै गरेको बेला बर्षाको कारण चट्याङ लागेको पर्सा क्षेत्र नं.–३ (क) को प्रदेश सभा सदस्य मा. मंजुर अंसारीले दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close