स्वास्थ्य बिमा सम्वन्धी ४ दिने तालिम शुरु

आश महमद मियांं

बारा, बाराको सदरमुकाम कलैया स्थित दास गेस्ट हाउसमा स्वास्थ्य बिमा सम्वन्धी ४ दिने तालिम शुरु भएको हो ।
तपाईको स्वास्थ्य हाम्रो चाहना भन्ने मुख्य नारा साथ सुरु गरिएको तालिमले स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी ढङगले संचालन सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोग हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम ब्यवस्थापन गर्न अवधारणा अन्र्तगत सरकारले ल्याएको स्वास्थ्य बीमा एक महत्वपूर्ण कार्यक्रम हो ।

समस्त नेपाली नागरिकहरुलाई सर्वसुलभ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान हुने उदेश्यका साथ सुरु गरिएको छ ।
बाराको कलैयामा स्वास्थ्य बिमा सम्वन्धी आधारभुत तथा पूनर्ताजगी तालिम सुरु भएको छ ।

सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत कार्यक्रमका दर्ता सहयोगीहरुको आधारभुत तथा पूनर्ताजगी ४ दिने तालिम जिल्ला संयोजक रमेश खनियाको अध्यक्षतामा सुरु भएको हो ।
तालिममा स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगीहरुलाई परेका समस्याहरु माथी छलफल गरेर समाधान गर्नुका साथै विमाका राष्ट्रिय नितीहरु बारे जानकारी गराईने जनाइएको छ ।

स्वाथ्य विमा कार्यक्रमका दर्ता सहयोगीहरुलाई केन्द्रित गरेर संचालन गरिएको तालिममा गिता खत्री, धर्मेन्द्र कु. गुप्ता, अक्षय कु. महतो, मुन्नी कुमारी भण्डारी लगायत जिल्लाका ६० जना दर्ता सहयोगीहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका मदेश प्रदेश संयोजक मनोज पौडेल र रौतहट जिल्लाका जिल्ला संयोजक कामेश्वर साहले प्रशिक्षण दिरहेका छन् ।

प्रसौनी गाउँपालिका वडा नं. ३ नौतनका दर्ता सहयोगी अकबर हवरीले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close