आ.व. २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रम सम्पन्न

आश महमद मियाँ । प्रसौनी गाउपालिकाको १५ औ गाउँ सभा आ.व. २०८१/०८२ को बार्षिक नीति तथा कार्यक्रम गाउपालिकाको सभाहलमा सम्पन्न भएको छ ।गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुमित कुमार सिंहले स्वागत मन्तव्य दिदै जनप्रतिनिधीहरुले आ–आफ्नो पार्टीको स्वार्थ भन्दा माथी उठेर गाउपालिकाको विकासका लागि सबै पालिका सभा सदस्यहरु नीति कार्यक्रम बनाउन लागि परेको देखेर आफू अत्यन्तै खुशी भएको बताएका छन समयमा सभा सम्पन्न नभए संघ र प्रदेश सरकारवाट आउने अनुदान न आउने भएकाले सबैलाई यस प्रती सचेत हुन आग्रह गरे । आव २०८१/०८२ का लागि प्रसौनी गाउपालिकाले ४७ करोड ५ लाखको बजेट प्रस्तुत गरेका थिए ।

गापा जनप्रतिनिधिका विच अत्यन्तै सुमधुर सम्बन्ध कायम भैइ पालिकाको सबै योजना छनौट गरि पालिकालाई नमुना बनाउन तर्फ अग्रसर भएको बताएका छन । गाउवासिको सपना पूरा गर्ने जिम्मेवारी हाम्रो काधमा आएको बताउदै यो सपना पूरा गर्ने बताए । ’समृद्ध गाउपालिका सुखी जनता“ योजना अघि सारेको बताए । अध्यक्षा जयस्वालले पालिकाको गरिव विपन्न समुदायको लागि सामुहिक विवाह योजना सार्वजनिक गरेका छन ।

गाउँ सभामा उपाध्यक्ष किरण देवि साह, बडा नम्बर १ का अध्यक्ष लालवावु मुखिया, २ का अध्यक्ष हृदय कुमार साह, ३ का अध्यक्ष छोटेलाल साह, ४ का अध्यक्ष याकुव अन्सारी, वडा। नम्बर ५ का अध्यक्ष सन्तोश साह, ६ का अध्यक्ष वृजकिशोर कुश्वाहा, ७ का अध्यक्ष ईस्लाम मिया मन्सूर, लेखा अधिकृत प्रेमवावु प्रसाद, सुनैना देवि करवारिन, लालमुनी देवि, चिन्ता देवि, शिवजी प्रसाद कलवार, राजाराम प्रसाद, माला सहनी सहित वडा सदस्य गाउँ सभा सदस्यहरु, जनप्रतिनिधि सन्चारकर्मिहरु, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close