बाराको नौतन गण्डक चौकमा सिसिटिभी क्यामरा जडान

कलैया–वीरगंज सडक खण्डमा पर्ने बाराको प्रसौनी गाउँपालिका वडा नं. ३ अन्तर्गत नौतन गण्डक चौकमा गाँउपालिकाद्वारा सिसिटिभी क्यामरा जडान गरिएको छ ।

सवारी चेक जाँचको क्रममा हुने जन गुनासो, घन्टौ घन्टा सम्म गाडी रोकिनु र अनावश्यक बिबादलाई निगरानीमा राख्न सिसिटिभी जडान गरिएको पालिका अध्यक्ष बिनोद जैशवालले आजाद सप्ताहिकलाई बताउनु भयो ।

यस क्षेत्रमा सिसिटिभीबाट अव्यवस्थित फुटपाथ अतिक्रमण, फोहोरमैला व्यवस्थापन हुने सार्वजनिक सम्पत्तिको संरक्षण, सुशासनको अनुभुति गराउन पालिकाको कार्य सम्पादनलाई सूचना प्रविधिमय प्रणालीमा आवद्ध गराउन व्यवस्थित नमुना पालिकाको रुपमा बिकास गर्न आफु लागी परेको र सिसिटिभी जडान गरि भिडियो प्रणालीबाट निगरानीको लागी यो कार्य गरिएको अध्यक्ष जैशवालले थप्नु भयो ।

यस सिसिटिभीबाट ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरिक्षक बिनोद बोहराले शान्ति सुरक्षा, अपराध, तस्करी नियन्त्रण, दुर्घटना, पहिचान,समस्या व्यवस्थापन, दोशी उम्किन नपाइयोस भन्ने उद्देश्यका साथै गाडीमा भएका नम्बर प्लेट समेत स्केनिंग हुने भएकाले दुर्घटना पहिचान गर्न अपराधी समाउन सहज हुने बताए ।

गाँउपालिकाका अध्यक्ष जैशवालका अनुसार– भविष्यमा यस सिसिटिभी क्यामराको सहयोग ले थुप्रै अपराध र दुर्घटना लगाएतका समस्याहरु परिचान गर्न प्रहरी प्रशासन, गाउपालिका तथा अन्यलाई पनि सघाउ पुग्ने हामीले विश्वास लिएका छौ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close