आम सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न

आश महमद

पोखरिया नगरपालिकाको श्री जिल्ला उच्चाङ्ल रामदेव कलवार माध्यमिक बिधालय पोखरिया –४ बजारमा आमजनता पार्टीको आम सभा तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

बैंक, लघुवित र सहकारीहरुले लिने गरेको मनोमानी ब्याज दर ब्यवस्थापन, आम जनतालाई सहज सुल्भ ऋण, कर्जा दिलाउन बिकासका अनुभूति गराउन नारा सहित गरिएको आम सभालाई संबोधन गरिएको छ ।

यस कार्यक्रमका अध्यक्षता गर्नु भएका आम जनता पार्टीका जिल्ला इन्चार्ज कदम रसुलको अध्यक्षतामा भएको सो कार्यक्रमका प्रमुख अतिथि आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साह बिशिष्ट अतिथि सुधिर यादव, बिशिष्ट अतिथि इसलाम मियां बिशिष्ट अतिथि बाबुराम कौशिक, धर्मेन्द्र पटेल, जिल्ला प्रमुख बबिता साह कटहरिया नगरपालिकाका मेयर रिना साह, संजिव गुप्ता लगायत नेतागण, बुद्धिजिवी, जन समुदाय सुरक्षाकर्मीहरुको उपस्थिति रहेका छन ।


राष्ट्रिय अध्यक्ष मा. प्रभु साह बिकास प्रेमी जनमुखि नेता भएकाले आफनो जिल्ला रौतहटमा गरेका बिकास जस्तै पर्साको पोखरियामा बिकास कार्य गर्न बाबुराम कौसिकले सुझाव दिएका थिए ।

बिबिन्न पार्टी प्रत्याग गरि १०० को संख्यामा आम जनता पार्टीमा प्रवेश गरेकालाई फुलमाला गम्छा ओढाई आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष मा. प्रभु साहले पार्टी प्रवेश गराएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close