सात दिवसिय श्रीमद्भागवत कथा एवं ज्ञान यज्ञ

आश महमद
७ दिवसीय श्रीमद्भागवत कथा एवं ज्ञान यज्ञ बिरगंज–१५ ब्रहम चौक कवि सिरोमणी टोल लक्ष्मी पैराडाइज पार्टी पैलेसमा हुने भएको छ ।
कथा एवं ज्ञान यज्ञका अध्यक्ष मदन प्रसाद गुप्ताले बिहिबार पार्टी पैलेसमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो
छिमेकी मुलुक भारत राजस्थानको कथा ब्यास प्रभु चरण अनुरागी– ख्यातीप्राप्त नीतु तिवारी (श्री जी) द्धारा ७ दिवसीय संगितमय श्रीमद्भागवत कथा एवम्् ज्ञान यज्ञ पुजा प्रत्येक दिन दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन रहने उहाँले यज्ञको सम्पूर्ण तयारी पुरा भइ सकेको उहाँले भन्नुभयो ।
यज्ञ सुरुहुनु अघि पुस १४ गते बिहान ९ बजे पार्टी पैलेसबाट कलशयात्रा सुरु भई बिरगंज नगर परिक्रमगरी पुनः सोही स्थानमा गएर दिउँसो २ बजेदेखि कथा सुरु हुनेछ, कथा पुस २० गते समापन हुने यज्ञका सचिव सुरेश शर्माले जानकारी दिनुभयो ।
यज्ञ पुजा मुल समारोमा सरिकहुने ईच्छुक भक्तजनले २५ हजार सहयोग राशी प्रदानगरी पुजामा बस्न सकिने आयोजक समितिले जनाएको छ ।
पत्रकार सम्मेलनमा विरगंज महानगरपालिकाका वडा नम्बर–१५ का वडा अध्यक्ष रमेश प्रसाद यादव, बिभिन्न सञ्चारकर्मीहरु सहित बृजेश साह, नितेश अग्रवाल, अखिलेश शर्मा, विकास शर्मा, गोपाल प्रसाद गुप्ता, राजकिशोर गुप्ता, शौरभ सर्राफ किरण सत्याल, निरंजन मिश्रा लगायतको सहभागिता रहेको थियो ।
¬¬