बजरंग युवा क्लबको आयोजनामा नौतनमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

आश महमद मियाँ
बारा ५ असोज ।
बाराको प्रसौनी गाउँपालिका वडा नं.–३ नौतन स्थित श्री बजरंग युवा क्लबको आयोजना र वीरगंज–१४ बहुअरी स्थित स्पर्श मल्टी स्पेशलिटी हस्पिटलको सहयोगमा शनिवार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
आयोजक श्री बजरंग युवा क्लबका अध्यक्ष राजेश गुप्ताको अध्यक्षतामा प्रसौनी–३ नौतनमा भएको सो स्वास्थ्य शिविरबाट करिब २ सय जना लाभान्वित भएको आयोजकले जनाएको छ ।
सो शिविर अपरेशन इन्चार्ज संतोष शर्माको नेतृत्वको टोलीमा डा. राम बाबु पटेल, डा. राज बाबु पटेल, डा. प्रवीन कुशवाहा, जेनेरल फिजिसियन डा. महेश्वर प्रसाद कुर्मी, स्टाप नर्स नबीना तामाङ्ग, सुमिन्त्रा मुखिया सहित १२ जना चिकित्सक एवं स्वास्थ्यकर्मीहरुको टिमले ब्लडप्रेसर, सुगर, मुटु, हार्डजोर्नी तथा नशा, मेडिसिन, स्त्री रोग जस्ता बिरामीहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो ।

सो शिविरमा गरिब, बिपन सर्वसाधारण जनताहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै निःशुल्क स्वास्थ्य शिविर गरिएको जनाईएको छ । शिविरमा उपचार्थ आएका बिरामीहरुलाई फिजिसियन डा. राम बाबु पटेलले रोग लागिसके पछि उपचार गराउनु भन्दा रोग लाग्न नदिन अपनाउनु पर्ने उपायहरुको बारेमा सुझाव दिएका थिए ।

सो अवसरमा बिबिध शारीरीक ब्याम, खानपिनमा ध्यान दिनु पर्ने, स्वस्थ्य जिवन कार्य शैली पूर्व सावधानी अपनाउन सलाह सुझाव समेत दिएका थिए । सो शिविरमा बिभिन्न रोगका बिरामीहरुको सहज उपचार गरिनुका साथै विभिन्न सल्लाह सुझावहरु दिईएको स्पर्श मल्टी स्पेशलिटी हस्पिटल इन्चार्ज संतोष शर्माले बताए ।

सो अवसरमा पूर्व वडा अध्यक्ष बैजु गुप्ता, वडा सदस्य राजेश गुप्ता, वडा सदस्य संदिप कुमार गुप्ता, गोपी यादव, सोमप्रकाश साह, अजय साह, अर्जुन महतो, जलेश्वर साह, आदेश साह, इनरदेव मुखिया राजेश साहको विशेष सक्रियता रहेको थियो ।






