बारामा मियाँको घरदैलो ,मियाँ आफ्नो क्षेत्रमा लोकप्रिय बन्दै

अकबर हवारी
बारा,
नेकपा एमालेका बारा क्षेत्र नं. ४ बाट प्रतिनिधी सभाका लागि उम्मेदवार बनेका एकबाल मियाँको लोकप्रियता बढदै गएकोे छ ।
आज बाराको स्थानहरुमा भएको घरदैलो कार्यक्रममा यूवादेखि वृद्धसम्मको सद्भाव,समर्थनका साथै उत्साह जनक सहभागीताबाट नेता मियाको लोकप्रियता बढेको देखिएको हो।


२०७४ सालको निर्वाचनमा पराजित भएपनि मियाँले निरन्तर आफ्नो क्षेत्र र जनताको साथ कहिल्यै छाडेनन् ।आफुले पराजित भए पनि आफ्नो क्षेत्रका जनताहरुलाई सर्वोपरी मानि जनताको समस्या बुझि समयमा समाधान गर्न कहिल्यै पछाडी भएको देखिएन।

घरदैलो कार्यक्रममा नेता मिया“ले यो क्षेत्र बिगतको लामो समय देखि अलपत्र रहेको हुनाले मैले जिते पछि समृद्ध नेपाल सुखी नेपालीको नारालाई सफल बनाउदै आफ्नो क्षेत्रलाई बिकास निर्माण,शिक्षा,स्वास्थ्य, रोजगार लगायतको रुपमा एकदमै बिकसित बनाउछु आह्वान समेत गरे। उनले आफ्नो एक भोट राष्ट्र निर्माणको लागि, देश बनाउने हितमा मतदान गर्न आग्रह समेत गरेका हुन।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close