लैङ्गिक हिंसा बिरुद्ध जनचेतना मुल्क कार्यक्रम सम्पन्न

आशमहम्द मियाँ

हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यवद्धता नाराका साथ आज शनिबारका दिन वीरगंजको कृष्ण प्रणामी मन्दिरको प्राङ्गनमा वीरगंज महानगरपालिका वडा नं.–१५ वडा कार्यालयको समन्वय तथा श्री राधाकृष्णा सामुदायिक सिकाई केन्द्र वडा नं. १५ भिस्वाको आयोजनामा लैङ्गिक हिंसा बिरुद्ध १६ दिने जन चेतना मुल्क कार्यक्रम अभियान सम्पन्न भएको छ ।

राधाकृष्णा सामुदायिक सिकाई केन्द्रका सभापति तथा यस कार्यक्रमका अध्यक्ष सुरेन्द्र प्रसाद यादव प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं. १५ वडा अध्यक्ष रमेश प्रसाद यादव कृष्ण प्रणामी मन्दिर संचालक समिति अध्यक्ष संजय अग्रवाल राधाकृष्णा सामुदायिक सिकाई केन्द्रका परिचालिका सिता मैया श्रेष्ठ वडा सदस्य उदय कुमार कुशवाहा, राम प्रसाद श्रेष्ठ ममता भट, रिना कलवार, रन्जु फूयाल लगायत महिला पुरुषहरुको उपस्थिति रहेका थिए ।

साहसी समाजका प्रतिनिधि ममता भट भनिन यसै समाजमा जन्मिएका हामी बिभिन्न थरीका ब्यक्ति जसबाट हामी हाम्रै समाजले बिभेद, अपहेलना गरि कसैले छका त कसैले हिजडा भनेर बुलाउदा हाम्रो मन दुख्छ । वडा अध्यक्ष यादवले दुई शब्द बोल्दै भने समाजमा हुने बिकृति, बालाकृत सब भन्दा बढी आफनतबाट हो त्यसैले आफन्तबाट घरमा बढी आवत जावत न राखौं । महिला हिंसाको बारेमा बोल्दा महिलाबाट नै महिला बढी पिडित भएको महसुस गरेको छु ।]

छोरी सरह बुहारीलाई समझी सभय समाजको स्थापना गरौं । जादा जादै साहसी समाजका प्रतिनिधिहरुलाई इन्गित गर्दै भने हाम्रो भिस्वा चौक रोड छेउ छाउमा तपाईहरुको अवरोध नगर्दिन । कार्यक्रम संचालन पारस नाथ साहले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close