नारायणी अस्पतालको थप २० सैयाको प्रस’ती वार्ड समुदघाटन

आशमहमद मियाँ ।
वीरगंज । नारायणी अस्पताल बिरगंजको थप २० सैयाको प्रसुती वार्ड समुदघाटन समारोह समपन्न भएको छ । उच्च स्तरको जापानी प्रबिधि प्रयोग गरी उत्कृस्ट गुणस्तर युक्त पेन्ट्स उत्पादन गर्दै आएका ब्यवसायीहरुको मुनाफाको १% काटेर नारायणी अस्पताल बिरगंजको थप २० सैयाको करीब ४५००००।– लाखको लागतमा बेड थप गरिएको छ ।
यस अस्पतालमा आउने बिरामीहरुको चापलाई मध्य नजर गर्दै मेयर राजेशमान सिंहको पहलमा बनाइएको छ । तीन महिना बनाउने समय दिए पनि ब्यवसायी संचालक अशोक बैद्यले २ महिना मै बनाए र हस्तानतरण गरेका थिए ।
यस कार्यक्रमका सभाअध्यक्ष अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष धिरज कुमार गुप्ता प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादव बरिष्ट अतिथि उधोग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल पुर्व मन्त्री तथा सान्सद प्रदिप यादव प्रतिनिधी सभा सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य श्याम पटेल वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह उपमेयर इम्तयाज आलम उद्योगपति अशोक बैद्य, मे.सु. डा. चितरंजन साह अन्य अतिथिगण, ब्यवसायी, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी लगायतको उपस्तिथि रहेका थिए ।