तीन जना हत्यारालाई पर्सा प्रहरी द्वारा सार्बजनिक

आश महम्द मियाँ
पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका वडा नं. ५ मसिहानी टोल निवासी स्व. सनिक राउत बिनको बर्ष ५६ की श्रीमती कान्तीलाई उनकै घरको कोठामा घाँटी रेटेर हत्या गरिएको अवस्थमा मृत फेला परेको थिन ।
घटनाको सुचना पाउना साथ यस कार्यालयबाट कार्यालय प्रमुखको कमाण्डमा तालिम प्राप्त कुकुर सहितको टोली घटना स्थलमा पुगेको थियो । स्थलगत निरिक्षण गरी मुचुलका लगायत कार्य पुरा गरी शबलाई नारायणी अस्पतालमा पठाईएको थियो ।
दुई छोरा मध्ये एउटा मलेशिया र एउटा भारतमा काम गर्थे पठाएको पैसा मध्ये केही कपाली तमसुक गराई कर्जा दिएका थिन ।सोही कपाली तमसुक चोर्न मध्यरातामा सुरुङखनी (सेनकाटेर) कोठामा पसेका थिए । बाक्स खोतल्ने क्रममा घरमै सुतीरहेकी कान्तिदेवीले चिनेपछि पोल खुल्ने डरले टाउकोमा रड र काठको फलेकले प्रहार गरी बेहोस बनाएपछि सिरानीले मुख थुनेर खुर्पीले घाँटी रेटेर हत्या गरेको पक्राउ परेकामध्येका लालबाबुले बयानका क्रममा स्वीकारेको प्रहरी उपरीक्षक शाहले बताए ।
उनका अनुसार, मृतकका छोरा अर्जुन मुखिया बिन बैदेशिक रोजगारको शिलसिलामा मलेसियामा रहेको हुँदा नारायणी अस्पतालमा पोष्टमाटमपछि शव ,अहिले पक्राउ परेका जेठाजु चन्द्रिकाले नै बुझेर लगी दाहसंस्कार गरेका थिए । आमाको मृत्युको खबर पाएर घर फर्किएका मृतक कान्तिदेवीका छोरा अर्जुनले असोज ७ गते प्रहरीमा किटानी जाहेरी दिएपछि त्यहिदिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो ।
चोर चिनेपछि पोल खुल्ने डरले हत्या ,जेठाजुसहित ३ जना पक्राउः पर्सामा दुई हप्तापहिले घरभित्रै शव भेटिएकी महिलाको हत्या उनकै जेठाजुहरुले गरेको तथ्य अनुसन्धानका क्रममा खुलेको छ ।
असोज २३ गते घरभित्रै भेटिएको थियो ।उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेर मंगलबार घटना विवरणसहित सार्वजनिक गरेको छ ।पक्रा पर्नेहरुमा मृतकका जेठाजुद्वय ५९ वर्षिय चन्द्रिका राउत बिन र ५७ वर्ष अमेरिका राउत बिन तथा मसिहानीकै ३६ वर्षिय लालबाबु राउत बिन रहेका छन् ।






