प्रसौनी गाउंपालिकाको आ.ब. २०८०/०८१ को गाउँ सभा सम्पन्न

आश महमद मियाँ

बाराको प्रसौनी गाउंपालिकाको १३ औं गाउँ सभा तथा आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रथम गाउं सभा बुधबार पालिका कै सभा हलमा सम्पन्न भएको छ ।

प्रसौनी गाउंपालिकाको १३ औं गाउँ सभा तथा आगामी आर्थिक वर्ष २०८०/०८१ को प्रथम गाउं सभाबाट ४५४५७५०००/– पैतालिस करोड पैतालिस लाख पचहतरी हजार रुपैयाँ अनुमानित बजेट ल्याएको छ ।
बुधबार आयोजित प्रसौनी गाउंपालिकाको १३ औं गाउँ सभामा उपाध्यक्ष किरण देवी साहले आगामी आर्थिक वर्ष २०८०/०८१ का ४५४५७५०००/– रुपैयाँ बराबरको अनुमानित आयव्याय सहितको संक्षिप्त बजेट प्रस्तुत गर्दै पालिका अध्यक्ष जैसवाललाई संबोधन गर्न अनुमती दिएका थिन ।

निति तथा कार्यक्रम आयोजनालाई संबोधन गर्दै अध्यक्ष जैसवाल द्वारा आजको प्रस्तुत नीति तथा कार्यक्रम तयार गर्न प्रत्यक्ष रुपमा अहोरात सम्म खटिई सहयोग गर्नु हुने प्रमुख प्रशासकीय अधिकृत, आर्थिक प्रशासन तथा अन्य शाखाका कर्मचारी साथीहरूलाई विशेष धन्यवादका दिएका थिए ।

सर्वसाधारणलाई दैनिक जीवनमा टेवा पुर्याउने पहिलो प्रथमिकता रहेको कार्यक्रमको योजना बनाइएका छ । शिक्षा, स्वास्थ्य सेवामा सहज, सुलभ सुबिधा हुने विषेश प्राथमिकता दिएर अगाडी बढ्ने योजना बनाईएको छ ।

पालिकाका कृषकहरु, अपाङ्ग, जेष्टनागरिकहरु लगायत पर्यटन प्रबर्द्धनका लागि विषेश जोड दिएको छ । छोरा जन्मे रु. एक हजार र छोरी जन्मे रु. दुई हजार भत्ता दिने समेत रहेको पालिका अध्यक्ष जैसवारले प्रस्तुत गरेका थिए । हामीले बनाएको नीति तथा कार्यक्रमलाई सघाउने छलफल र सल्लाह सुझाव जनता, जन प्रतिनिधि, कर्मचारी बुद्धिजिवी, संचारकर्मीबाट प्राप्त हुने छ भन्ने पूर्ण विश्वास लिएको छु भन्दै समाप्न गरेका थिए ।

यस गाउँ सभाका सभा अध्यक्ष गाउँपालिका अध्यक्ष बिनोद जैसवालको सभाअध्यक्षतामा भएको सो कार्यक्रमा उपाध्यक्ष किरण साह प्रमुख प्रशासकिय अधिकृत सुमित कुमार सिंह, लेखा प्रमुख प्रेम बाबु पटेल अतिथि प्रहरी निरिक्षक बिनोद बोहरा नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाब् मेहता स्वराज संयोजक मुकेश गुप्ता वडा अध्यक्ष लाल बाबु मुखिया, संतोष कुमार साह, इसलाम मियाँ कर्मचारी, राजनीतिक दलका पार्टी प्रतिनिधिहरु वडा सदस्य राजेश गुप्ता महिला पुरुष सदस्यहरु जिन्सी प्रमुख लक्ष्मी प्रसाद कलवार संचारकर्मी, सुरक्षाकर्मी लगायत बुद्धिजिवीहरुको सहभागीता रहेको थियो ।

स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत सुमित कुमार सिंहले राखेका थिए भने कार्यक्रम सञ्चालन स्वास्थ्य प्रमुख डा. सुरेश गुप्ताले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close