स्वास्थ्य बीमा गराउनेको सङ्ख्या बढ्दै :  संयोजक पौडेल

पर्सा । पछिल्लो समयमा मधेस प्रदेसमा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ । सरकारी तथा निजि अस्पतालमा उपचार गराउँदा त्यसको ८० प्रतिशत खर्च बीमा बोर्डले व्यहोर्ने प्रावधान लागु भएपछि स्वास्थ्य बीमा गराउनेहरुको सङ्ख्या बढ्दै गएको हो ।

मधेस प्रदेसमा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढ्दै गई रहेको स्वास्थ्य बीमा बोर्ड मधेस प्रदेसका संयोजक मनोज पौडेलले दावी गरे । उनका अनुसार प्रदेसमा अहिलेसम्म स्वास्थ्य बीमा गराउनेहरुको २ लाख ५१ हजार १ सय ७२ परिवार सङ्ख्या पुगेको छ ।

सबैभन्दा बढी सिराहामा १ लाख २२ हजार २७१ पुगेको छ, भने भन्दा कम ४० हजार ६ सय ६८ सर्लाहीमा रहेको छ ।
यसैगरी सप्तरीमा ९४ हजार २० र धनुषामा ५४ हजार ९ सय ६७, महोतरीमा ४९ हजार २ सय ५७, रौतहटमा ८३ हजार ६ सय २२, बारामा ६८ हजार २ सय ३८ र पर्सामा ९१ हजार ६ सय २४ जनाले स्वास्थ्य बीमा गराएको बोर्डको तथ्याङ्कले देखाएको छ ।

पुराना बिमितहरुमध्ये करिब ५८.४९ प्रतिशत भन्दा बढीले स्वास्थ्य बीमा नवीकरण गर्ने गरेका छन् । स्वास्थ्य बीमामा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले वार्षिक रु तीन हजार पाँच सय प्रिमियम रकम तिर्नुपर्छ भने, पाँच जनाभन्दा बढी सदस्य भए एक सदस्य बराबर थप रु.सात सयका दरले वार्षिक प्रिमियम बुझाउनुपर्ने प्रावधान रहेको संयोजक पौडेलले बताए ।

बिमित परिवारका सदस्य बिरामी हुँदा रु.एक लाख बराबरको उपचार शुल्क स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्दै आएको छ । कति अस्पतालमा सरकारले बिमा वापतको रकम समयमा नदिदा सो अस्पतालबाट बिमाको कार्यक्रम नै राकिएको अस्पतालहरुले जनाएको छ ।

स्वास्थ्य बीमा गराएका व्यक्तिको प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र सङ्घीय अस्पतालमा उपचार सेवा प्राप्त गर्दै आएका छन् । बिमितहरूको पहिलो सेवा केन्द्रमा उपचार हुन नसके प्रादेशिक र सङ्घीय अस्पतालबाट उपचार सेवा लिँदै आएका छन् ।

सरकारले विसं २०७२ बाट देशका ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । सरकारले २०७२ चैत २५ गते सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले अति गरिब, ज्येष्ठ नागरिक, एचआइभी÷एड्स सङ्क्रमित, महिला स्वास्थ्य स्वयंसेविका, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने निःशुल्क बीमा गर्ने गरेको जनाइएको छ ।

४ दिने तालिम सम्पन्न
बाराको कलैयामा स्वास्थ्य बिमा सम्वन्धी आधारभुत तथा पूनर्ताजगी तालिम सम्पन्न भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत कार्यक्रमका दर्ता सहयोगीहरुको आधारभुत तथा पूनर्ताजगी ४ दिने तालिम जिल्ला संयोजक रमेश खनियाको अध्यक्षतामा आज सम्पन्न भएको हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close