बिश्रामपुर गाउंपालिकाको सभा सम्पन्न करिब चौतिस करोड बजेट प्रस्तुत

बाराको बिश्रामपुर गाउंपालिकाको १३ औं गाउँ सभा तथा आगामी आर्थिक वर्ष २०८०/०८१ को गाउं सभा शनिबार पालिका कै सभा हलमा सम्पन्न भएको छ ।

बिश्रामपुर गाउंपालिकाको १३ औं गाउँ सभा तथा आगामी आर्थिक वर्ष २०८०/०८१ को गाउं सभाबाट ३३९७९०८००/– तेतिस करोड सन्तानबे लाख नब्बे हजार आठ सय रुपैयाँ अनुमानित बजेट ल्याएको छ ।
गाउंपालिकाको १३ औं गाउँ सभामा उपाध्यक्ष प्रियंका साहले आगामी आर्थिक वर्ष २०८०/०८१ का ३३९७९०८००/– रुपैयाँ बराबरको अनुमानित आयव्याय सहितको संक्षिप्त बजेट प्रस्तुत गरेका थिईन ।
पालिकाले पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य र बाटो सम्बन्धी सेवामा सहज, सुलभ सुबिधा हुने विषेश प्राथमिकता दिएर अगाडी बढ्ने योजना बनाईएको पालिका प्रमुख जुल्फकार अली भुटोले जनाए ।

पालिकाका कृषकहरु, अपाङ्ग, जेष्ठनागरिकहरु, सामुदायिक बिद्यालयमा पठनपाठन सहज हुनको लागि कम्पयूटर वितरण गरिने योजना रहेको बताए । यसैगरी पर्यटन प्रबर्द्धनका लागि विषेश जोड दिएको छ । हामीले बनाएको नीति तथा कार्यक्रमलाई सघाउने छलफल र सल्लाह सुझाव जनता, जन प्रतिनिधि, कर्मचारी बुद्धिजिवी, संचारकर्मीबाट प्राप्त हुने छ भन्ने पूर्ण विश्वास लिएर अगाडी बढेको बताइएको छ ।

गाउँसभाका सभा अध्यक्ष गाउँपालिका अध्यक्ष जुल्फकार अली भुटोको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रियंका साह प्रमुख प्रशासकिय अधिकृत सुघन लामिछाने, वडा अध्यक्षहरु, महिला पुरुष वडा सदस्यहरु आर्थिक प्रशासन तथा अन्य शाखाका कर्मचारी, राजनीतिक दलका पार्टी प्रतिनिधिहरु तथा संचारकर्मी, सुरक्षाकर्मी लगायत बुद्धिजिवीहरुको सहभागीता रहेको थियो ।
स्वागत मन्तव्य प्रमुख प्रशासकिय अधिकृत लामिछानेको गरेका थिए भने कार्यक्रम सञ्चालन जिन्सी प्रमुख देव मण्डलले गरेका थिए ।




