मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँ,खाद्य सुरक्षामा जोखिम

गत वर्षको यस अबधि सम्म मधेश प्रदेशमा ९५ प्रतिशत धान रोपाइँ सकिएको अवस्था थियो । केहि दिन यता मधेशका केहि स्थानमा वर्षा भइरहेको छ । तर धानको बीउ बुढो भइसकेकोले अबका दिनमा रोपाइँ भएपनि त्यसले उतपादकत्व बढाउन नसक्ने नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को राष्ट्रिय धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादबले जानकारी दिए ।

नेपालको अन्न भण्डारको रुपमा रहेको मधेशमा पर्याप्त मात्रामा धान रोपाइँ हुन नसक्दा करीब २५ प्रतिशत सम्मले उत्पादन घट्नसक्ने र त्यसले खाद्य सुरक्षामा जोखिम निम्त्याउन सक्ने उनको दाबी छ । जसले गर्दा धान–चामल लगायत त्यसबाट उत्पादन हुने अन्य खाद्यान्नको मूल्य वृद्धि हुन सक्ने र त्यसले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा समेत असर गर्न सक्ने देखिएको उनले बताए ।

मधेशमा बर्षा कम वर्षा भएर रोपाइँमा असर गरेसँगै प्रदेश सरकारले गत असार २६ देखिनै मधेशका ८ ओटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालको जीडीपीमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत छ भने धानको मात्रै योगदान करीब ५ प्रतिशत रहेको छ । मन्त्रालयकै तथ्यांक अनुसार आव २०८१–८२ मा नेपालमा कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close