जितपुरसिमरामा गठबन्धनका मेयर र एमालेका उपमेयर विजयी

वीरगञ्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिकाको मेयरमा गठबन्धन र उपमेयरमा एमाले विजयी भएको छ ।

मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार राजन पौडेल र उपमेयरमा नेकपा एमालेका भोला प्रसाद अधिकारी विजयी भएका हुन् ।

मेयरमा निर्वाचित पौडेलले १८ हजार ७ सय ४३ ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार एवम् निवर्तमान उपमेयर सरस्वति देवी चौधरीले १७ हजार ७ सय ७९ मत ल्याएकी छन् ।

पौडेलले अघिल्लो निर्वाचनमा पनि मेयर पदकै लागि प्रतिषर्धा गरेका थिए तर उनी नेकपा एमालेका कृष्णा प्रसाद पौडेलसँग पराजित भएका थिए ।

उपमेयरमा निर्वाचित एमालेका अधिकारीले  १७ हजार ४ सय १२ मत ल्याउँदा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार मेघा शाहीले १५ हजार ८ सय ४२ मत ल्याएर दोस्रो भएकी छन् ।

बैशाख ३० गते भएको निर्वाचनको अन्तिम मतपरिणाम आउँदा एमालेले १३, कांग्रेसले पाँच, माओवादीले चार, लोसपाले एक र एकिकृत समाजवादीले एक वडामा जित हात पारेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close