पत्रकार स्व. नरेस सर्राफको श्रद्धाञ्जली सभा

पत्रकार स्व. नरेस सर्राफको १० दिनको पुन्य तिथिमा समाजबादी प्रेस संगठन नेपाल र रेडियो वीरगंज (एफ एम) पर्सा शाखाको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। रेडियो वीरगंजको प्राङ्गनमा भएको कार्यक्रममा वीरगञ्जका युवा पत्रकार स्व. नरेश साहको पत्रकारीताको अहम भूमिकाको सराहना गर्दै बिभिन्न क्षेत्र समाजबाट वहाको परिवार प्रति श्रद्धाञ्जली अर्पण गर्दै ६ बर्षिय छोरी र आमाको पालन पोषणमा राहत हुने गरी आर्थिक सहयोग गरिएको छ ।


महानगरका मेयर राजेशमान सिंहले परिवारको जिविकोपार्जनका लागि महानगरको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरे । सर्राफको निधनले पर्सेली पत्रकारितामा कमी महशुस गराएको भन्दै मेयर सिंहले उनको सम्झनामा पत्रकार महासंघको अगुवाईमा अक्षय कोष खडा गर्न महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने पनि बताए । यस्तै उनले स्वर्गीय सर्राफको छोरीको पठन पाठनको जिम्मा महानगरले लिने भन्दै उनको इच्छा बमोजिमको विद्यालयमा महानगरले पढ्ने व्यवस्था मिलाउने पनि बताए । समाजबादी प्रेस संगठन नेपाल र रेडियो वीरगंज (एफ एम)ले १÷१ लाखको चेक छोरीलाई हस्तान्तर गरेका छन। त्यसतै भूमी आयोग पर्साका अध्यक्ष एवं जनता समाज पार्टीका नेता तबरेज अहमदले आफनो १ महिनाको तलब करीब ५० हजार दिने बताए । रेडियो वीरगञ्जका अध्यक्ष साहको सभापतित्वमा भएको श्रद्धाञ्जलीसभामा पर्साका पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, व्यवसायी सहभागि रहेका थिए । कार्यक्रमको सञ्चालन समाजवादी प्रेस संगठनका पर्सा जिल्ला अध्यक्ष मनोज पटेलले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close