मर्यादित पत्रकारिता बिचार गोष्टी तथा पर्दाफास अनलाईनको उदघाटन सम्पन्न ।

अन्याय, अत्याचार र भ्रष्टाचार बिरुद्ध निरन्तर खबरदारी र मर्यादित पत्रकारिता बिचार गोष्टी तथा पर्दाफास अनलाईनको उदघाटन कार्यक्रम समारोह भब्यरुपमा सम्पन्न भएको छ ।

पर्दाफास दैनिकका सम्पादक तथा पर्दाफास अनलाईनका संचालक राघव साहको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, अतिथि प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव गोबिन्द चौलागाई, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख, मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्ण, महासचिव श्याम बञ्जारा, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख हिरालाल रेग्मी, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी,शत्रुघन नेपाल, महेश दास,अशोक तिवारी, अजय चौरसिया लगायत संचारकर्मीहरुको बाक्लो सहभागीता रहेको छ ।

अनलाईनको उदघाटन पश्चात “मर्यादित, बिसुद्ध पत्रकारिताको बारेमा पत्रकार आचारसंहिता” विषयक बिचार गोष्ठीमा वक्ताहरुले आ–आफ्ना बिभिन्न थरीका बिचारहरु राख्दै अन्याय, अत्याचार र भ्रष्टाचार बिरुद्ध निरन्तर खबरदारी र मर्यादित पत्रकारिता बनाउने बताउनु भयो ।

यस कार्यक्रममा अतिथिगणहरु दोसला ओढाई मायाको चिनो हस्तान्तर गरी स्वागत गरियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close